नेपालमा संक्रमितको संख्या ७५ पुग्यो

दलित अनलाईन २१ बैशाख २०७७, आईतवार २०:०९

काठमाडौं – बाँकेको नेपालगन्जमा एकै दिन १५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझ ६ जनाको पीसीआर  विधिबाट भएको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबार साँझ नेपालगन्जका १६, २१, ३४ वर्षीय पुरुष र ४०, ५५ र ६० वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो । उनीहरु सबैको भेरी अस्पताल, नेपालगन्जको प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार दिउँसो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नेपालगन्जमा पाँच पुरुष र चार महिला गरेर ९ जनाका कोरोना पोजिटिभ देखिएको जानकारी गराएका थिए । यो सँगै  नेपालगन्जमा एक्कै दिन १५ जनामा काेरोना पाेजिटिभ देखिएको छ ।  नयाँ  संक्रमित  थपिसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । १६ जना भने निको भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank