खुलातर्फबाट केन्द्रीय सदस्यमा पाँच जना दलित नेताहरू निर्वाचित

दलित अनलाईन १८ पुष २०७८, आईतवार २२:४१

काठमाडौं—  माओवादी केन्द्रले खुलातर्फबाट केन्द्रीय सदस्यमा १११ जना निर्वाचित गरेको छ ।

अध्यक्ष प्रचण्डबाट प्रस्तुत केन्द्रीय सदस्यको नामावली बन्दसत्रले सर्वसम्मत पारित गरेपछि निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले निर्वाचन आयोगका तर्फबाट हलबाट पारित नामावली नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने, ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट महाधिवेशनले केन्द्रीय कमिटी चयन गर्ने, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने, पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन गर्ने सहितको विधानलाई महाधिवेशन हलले सर्वसम्मतले पारित  गरेको थियो ।

‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको हो । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

खुलातर्फबाट केन्द्रीय सदस्यमा पाँच जना दलित सुदायका नेताहरू निर्वाचित भएका छ ।

. महेश्वरजंग गहतराज

. परशुराम रम्तेल

.  महेन्द्र पासवान

४ . गोपी सार्की अछामी

. दलजित श्रीपाइली

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank