बजेट अधिवेशन वैशाख २६ मा बोलाउने मन्‍त्रिपरिषद्को निर्णय

दलित अनलाईन २१ बैशाख २०७७, आईतवार १४:४६

काठमाडौं – सरकारले संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

बर्खे अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछ र त्यसमाथि संसदमा छलफल हुनेछ। जेठ १५ मा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधान भएकोले सरकाले अधिवेशन बोलाएको हो।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामाजिक दुरी कायम गर्ने गरी संसदको बैठक कक्षको व्यवस्थापन गरिएको छ। प्रधानमन्त्री ओलीले गत बुधबार संसद भवन पुगेर बैठक कक्ष अवलोकन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank