प्रदेश १ का दलित अधिकारकर्मीहरुले भने : साेती हत्या प्रकरणा सामुहिक र याेजनाबद्ध

दलित अनलाईन ४ असार २०७७, बिहीबार १९:२१

काठमाडाैं- पश्चिम रुकुम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा नवराज विकसहित ६ जना युवाहरुको योजनाबद्ध हत्या गर्ने गरी भएको नरसंहारका पींडितहरुको पक्षमा एक्येबद्धता जनाउन प्रदेश १ का अग्रज दलित अधिकारकर्मीहरुको टोली घटनास्थलमा अवलाेकन गरेका छन् ।

प्रदेश १ का सबै १४ वटै जिल्लाहरुमा एक चरणको विरोध र खबरदारीको आन्दोलन सकाएर घटनास्थल पुगेको टोलीमा दलित अधिकारकर्मीहरु नवराज शंकर (इलाम), हुकुमसिंह नेपाली (झापा), उमेश विश्वकर्मा (मोरङ्ग) र हरि पोख्रेल दर्जी (झापा) रहेका छन् । घटनालाई ढाकछोप र तोडमोड गर्न अझैसम्म पनि हदैसम्मको षडयन्त्र भइरहेको टोलीका सदस्य नवराज शंकरले बताए । “एकातिर आन्दोलन थप सशक्त बनाउने कुरा छदैछ तर मुद्धाको प्रक्रियालाई मसिनो गरी ध्यान दिनुपर्ने देखिन्छ” उनले भने– “दबाव र प्रभावमा परेर पछिल्लो पटक पोष्टमार्टम रिपोर्ट र सरकारी वकिलको भूमिका पींडितको पक्षमा देखिँदैन ।” युवाहरुको लासमाथि भइरहेको षड्यन्त्रको राजनीति ६० लाख दलितहरुमाथिको षड्यन्त्र भएको उनले बताए ।

जातपात र छुवाछूतको कलंक उत्पीडित दलित समुदायको मात्रै समस्या नभएको भन्दै टोलीका अर्का सदस्य हुकुमसिंह नेपालीले सबै नेपाली एकजुट भएर न्यायको पक्षमा खबरदारी गर्नुपर्ने बताए । “हत्या गरेर भेरी नदिमा बगेका होनाहार युवाहरुका परिवारले न्याय पाउनु पर्दछ” उनले भने– “यसको लागि हामी जस्तोसुकै कदम चाल्न तयार छौं र सदैव हुनुपर्दछ ।”

गैरसरकारी संस्था (गैसस) महासंघका केन्द्रीय सचिव समेत रहेका टोलीका सदस्य उमेश विश्वकर्माले रुकुम हत्याकाण्ड विश्वलाई नै चकित बनाउने गरीको नरसंहार भएको बताए । यो घटनाले विधिको शासन, समानता र सामाजिक न्यायको धज्जी उडाउने काम भएको उनले बताए । घटनास्थलमा पुगेका टोलीका अर्का सदस्य हरि पोख्रेल दर्जीले असमानता र विभेदकाविरुद्ध दलित मुक्ति आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताए ।

टोली घटनास्थल पुग्नुका साथै मृतकका परिवार, घाइतेहरु, जनप्रतिनिधिहरु, स्थानीयहरु लगायतका सरोकारवालाहरुसँग भेटघाट गरेर कुराकानी गरेको थियो भने जाजरकोटमा पींडितहरुको न्यायको पक्षमा र दोषीहरुलाई हदैसम्मको कारबाहीको लागि गरिएको आन्दोलनमा सहभागिता र ऐकबद्धता जनाएको थियो । आफूहरु गएकै समय संसद्ले गठन गरेको संसदीय छानवीन समिति समेत घटनास्थलमा पुगेकोले संसदीय टोलीसँग समेत सत्यतथ्य छानविनको लागि टोलीको तर्फबाट भेटघाट र कुराकानी भएको हुकुमसिंह नेपालीले बताए । १ नं. प्रदेशको तर्फबाट गएको अधिकारकर्मीहरुको टोलीले तयार गरेको प्रतिवेदन चाँडै सार्वजनिक गर्ने र संसदीय समितिलाई समेत बुझाउने उनले बताए । मृतक परिवारलाई राहत सहयोग : १ नं. प्रदेशबाट घटनास्थल पुगेको दलित अधिकारकर्मीहरुको टोलीले मृतक परिवारलाई राहत सहयोग उपलब्ध गराएको छ । मृतकहरु नवराज विक, टिकाराम सुनार, गणेश बुढा, सन्दीप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाहीको परिवारहरुलाई प्रति परिवार ११ हजार रुपैंयाँका दरले राहत रकम उपलब्ध गराएको गैसस महासंघका सचिव उमेश विश्वकर्माले बताए । राहत रकमको आवश्यक संयोजन गैसस महासंघले गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank