सुनौली नाकामा अलपत्र सुत्केरी लक्ष्मी परियारको उद्धार

दलित अनलाईन १९ चैत्र २०७६, बुधबार २१:५४

बुटवल– सुनौली नाकामा अलपत्र परेकी १० दिनकी सुत्केरीको उद्धार भएको छ ।
तिलोत्तमा नगरपालिका १० कान्छीबजार घर भएकी लक्ष्मी परियार भारतको दिल्लीस्थित गाजियावादबाट घर फर्कने क्रममा नेपाल भारत सीमा बन्द भएपछि नवजात शिशुसँगै नाकामा ३ दिनदेखि अलपत्र परेकी थिइन् ।
सीमामा अलपत्र परेको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारीसँग कुरा गरी भारतीय सुरक्षा अधिकारीसँगको समन्वयमा नेपाल ल्याउने वातावरण मिलाएको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले जानकारी दिए ।
अन्य नेपालीसँगै आफ्नो देश फर्किन लागेकी लक्ष्मीलाई पनि सुरक्षाकर्मीले सीमा कटेर आउन नदिएकाले सीमामै अलपत्र परेकी हुन् । लक्ष्मी नवजात छोरी, श्रीमान मनोज र अरु दुई छोरीसँगै भारतको गाजियावादबाट पैदल र बस यात्रा गर्दै सुनौलीसम्म आइपुगेकी थिइन्. ।
उनी दुईदिन भारतीय बजार सुनौलीको सडक पेटीमै सुतेकी थिइन् । सोमबारदेखि बेलहिया समाज र स्थानीयले उनको अवस्था देखेर खानाको प्रबन्ध गरेका थिए । अहिले लक्ष्मीसहित उनको परिवारका सबै सदस्य नेपाल प्रवेश गरेका छन् ।
तिलोत्तमा नगरपालिकाले लक्ष्मीको परिवारलाई उद्दार गरी एम्बुलेन्समा राखेर तिलोत्तमा –१ शंकरनगरस्थित दुर्गादत्त माविको क्वारेन्टाइनमा ल्याएर राखेको छ । उनीहरु त्यहाँ १४ दिन बस्नेछन् ।
दुर्गादत्त माविको क्वारेन्टाइनमा तिलोत्तमा नगरपालिकाले मंगलबारसम्म २९ जनालाई राखेको थियो । लक्ष्मीको परियारसहित तिलोत्तमाको क्वारेन्टाइनमा बस्ने संख्या ३४ जना पुगेका छन् । यस्तै एक सय ६९ जना होम क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank