विश्वभर ७३ नेपालीको कोरोना भाइरसबाट मृत्यु

दलित अनलाईन २१ बैशाख २०७७, आईतवार १२:१७

काठमाडाैं- विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसकाे (कोभिड–१९) संक्रमणका कारण शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ  ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७,  मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ बेष्टमा तीन गरी ४९ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या  १५ पुगेको छ । जसमध्ये  मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स् (युएइ) मा पाँच, आयरल्याण्डमा एक, जापानमा एक, टर्कीमा एक र नेदरल्याण्डमा एक जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए ।

यस्तै, संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर पाँच हजार दुई सय ४७ जना  गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १५ सय ७० जना संक्रमण मुक्त भएको अनुमान सो समितिले गरेको छ ।

सापकोटाका अनुसार मध्यपूर्वका केही देशहरुमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढीरहेको देखिएको छ ।  कतारसहित केही मध्यपूर्वका देशले दुई हजार तीन सय नेपाली श्रमिकहरुमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेको छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकहरुको समूहले तयार पारेको सो आँकडाअनुसार २७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा २ हजार ३ सय, अमेरिकामा एक हजार पाँच सय, युके एक हजार,  बहराइनमा एक सय २६, युएईमा एक सय, कुवेतमा ७८, नेपाल ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा पाँच, क्यानाडामा पाँच, जर्मनीमा चार, साईप्रसमा तीन, मलेसियामा तीन, न्युजिल्याण्डमा तीन, माल्दिभ्समा दुई, माल्टामा दुई, हङकङमा दुई, म्यानमारमा एक, फ्रान्समा एक जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank