मृत्युपछिको चिहानमा समेत विभेद

जसिन्द्र श्रीपाली २० बैशाख २०७७, शनिबार १४:४७

बाग्लुङ– मृत्यु शब्द आफैमा तितो तर सत्य छ । जसलाई जोकोहीले नचाहेरै पनि स्वीकार गर्नैपर्छ । अझ यसरी बुझौं कि, मान्छे जन्म लिदै मृत्युको कागजमा हस्ताक्षर गरेर आएको हुन्छ जुन कुरा धुर्व सत्य हो, मान्छे कुनै न कुनै दिन यो सब छोडेर मरेर जान्छ ।
आज यहाँ विशेष गरी मैले आफुले स्वयम् देखेको मृत्युपछि समेत दलित समुदायमाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हुने गरेका जातीय विभेदबारे आफ्नो अनुभव र स्थानीय गाउँ घरमा दलितको अवस्थाबारे केही कुरा समेट्ने छु । विशेषतः यो लेख मेरो जन्म गाउँ तमानखोला गाउँपालीका ४ लाम्मेला संगत सम्बन्धित हुनेछ तर । धेरै भन्दा धेरै ठाउँको प्रतिनिधित्व गर्नेमा म विश्वस्त छु । मान्छेको मृत्यु पश्चात ठाउँ गाउँ र परिवेश अनुसार दाहसंस्कार गर्ने आ–आफ्नै नियम र तरिका होलान् तर शवलाई विभेद गर्ने अधिकार र संस्कार जो कसैलाई अनि जहाँकहीँ छैन नै ।
यो समय विश्वव्यापी रूपमा कोरोना भाइरसले आम मानिस त्रसित बनिरहेको बेला हो, यो महामारीले सबैको दैनिकी अस्तब्यस्त बनिरहेको छ । त्यो मध्येको एक स्वयम् म आफै पनि हुँ, यो समय म आफ्नै जन्मथलो बाग्लुङ लाम्मेलामा छु । यो मेरो अलि लामो गाउँ बसाई पनि हो र यहाँ रहदै गर्दा म समाजमा हुने गरेका प्रत्येक गतिविधिमा समेत आफू सुरक्षित हुँदै सहभागी हुने गरेको छु । यो उपस्थितिले मलाई यो ठाउँमा हुने केही सामाजिक गतिविधिबारे नजिकबाट बुझ्न् सहयोग मिलेको छ ।
अनुभव ताजा हो ,गाउँमा एकजना हजुरबुबा बित्नु भयो । उहाँको मलामीमा म आफै पनि सरिक भए । उहाँलाई केही आफन्त केही दाजुभाई र गाउँलेको उपस्थितिमा चिहानसम्म पु¥याइयो, विधि पुर्वक शव अन्त्यष्टि समेत गरियो । दुखद पक्ष उहाँ जलिरहेको घाट अर्थात उहाँलाई राखिएको शव दहन त्यो थिएन, जहाँ अरु जाति पनि जलाइन्छ । कस्तो विडम्वना दलित भएकै कारण मृत्युपछिको दाहसंस्कारमा समेत विभेद , उहाँ अब सधैंका लागि यो संसारमा रहनुभएन तर उहाँको मृत लासले समेत विभेद खेपिरह्यो ।
गाउँघरमा शव दहन गर्ने घाट परिपक्व हुँदैन प्राय ढुङ्गाको चौघेरो लगाइन्छ । बर्खाको उर्लदो खोलाले यो अपरिपक्व निर्माण धेरै जसो भत्किएको हुन्छ । मान्छेको मृत्युपछि यसलाई निर्माण गर्ने कुरा भिन्न हो । तर लाम्मेलाको शव दहन दुइवटा छ, जहाँ दलित समुदाय र जनजाति समुदाय भिन्न भिन्न घाटमा अन्त्येष्टि गरिन्छ ।

जनजाति समुदायको शव सहन खोलावारी छ भने खोला पारी दलित समुदायको जहाँ जनजातिहरु मट्टी दिदैनन् र प्राय उक्त क्षेत्रमा जादैनन । विचरा दलित बाँचुन्जेल समाजबाट विभेद खेप्छ मरेपछि उसको शवमाथि समेत विभेद भैदिन्छ ।
दलितमाथिको कथा यतिमात्र अन्त्य हुँदैन । घाटसम्म पुगेका जनजाति मलामी प्राय दुख परेको घर पुग्दैनन् , पुगि हाले अझैपनि उनीहरुको निमित्त खानपिन गर्ने ठाउँ भिन्न हुन्छ । मलामीको भिडमा मास्टर हुन्छन् , सचेतक युवा हुन्छन् , बुद्धिजीवी र समाजको विभिन्न संघ संस्थामा आबद्ध मान्छे हुन्छन् के तिनिहरुले भन्नू पर्दैन कि यो गलत हो भनेर ? यो गैर कानुनी हो भनेर ? यो निन्दनीय हो भनेर ?

गाउँघरमा शव दहन गर्ने घाट परिपक्व हुँदैन प्राय ढुङ्गाको चौघेरो लगाइन्छ । बर्खाको उर्लदो खोलाले यो अपरिपक्व निर्माण धेरै जसो भत्किएको हुन्छ । मान्छेको मृत्युपछि यसलाई निर्माण गर्ने कुरा भिन्न हो । तर लाम्मेलाको शव दहन दुइवटा छ, जहाँ दलित समुदाय र जनजाति समुदाय भिन्न भिन्न घाटमा अन्त्येष्टि गरिन्छ ।

दलित समुदाय जीवनपर्यन्त मान्छे बन्नकै लागि संघर्ष गर्नु पर्ने ? खै मान्छे–मान्छेबिचको समानता ? खै हामी मान्छे हुनुको अस्तित्व ? हामी २१ औ शताब्दीमा बाँचिरहेका छौ र पनि दलित समुदाय माथिको व्यवहार १६ औं शताब्दीको भन्दा फरक छैन । यस्ता घी नलाग्दो प्रथाको विरुद्ध कानुनले बन्देज गरेको विकृतीविरुद्ध स्थानीय प्रतिनिधिहरु को ध्यानाकर्षण हुनुपर्छ कि पर्दैन ? भोट चल्ने दलित समुदायको पानी चल्दैन , परिश्रम चल्ने दलित समुदायको अधिकार चल्दैन । अझै कति कुर्नुपर्ने दलित समुदाय मान्छे हुनैको निमित्त ? अझै कति विभेद सहनुपर्ने एउटै घाटमा जल्नको निमित्त ?
आज हामी जे गरिरहेका छौ त्यो भोलि जो कसैको लागी फाइदाजनक छैन । सबै बुझेर पनि विभेद गरिन्छ भने त्यो पशुको दर्जा दलित समुदायलाई हैन दलित समुदाय माथि विभेद गर्नेलाई दिनु जरुर छ । त्यो विवेकहिन काम हो, त्यो अमानवीय र दण्डनीय काम हो । यस्ताखाले गतिविधि प्रति स्थानीय सरकारको ध्यानाकर्षण भएन भने यसले समाजमा द्वन्द्व सृजना गर्छ, समाज विकासमा अवरोध खडा गर्छ , मान्छे–मान्छे बीचमा डर र भय सृजना गर्छ ।
उसो त यस्तो दण्डनीय क्रियाकलाप प्रति सरोकारवालाको ध्यान पुग्न जरुरी छ । जबसम्म दलित समुदायलाई पि.ए. प्रथा , बालिघरे प्रथा जस्ता समाजले बहिष्कार गर्ने क्रियाकलाप बाट मुक्त गर्दै आर्थिक उत्पादनसँग उनीहरुलाइ जोडिदैन तबसम्म समाज विकासले गति लिदैन ।
दलित माथि विभेद हैन, उनीहरु भित्रको सीप क्षमताको सम्मान गर्दै समाज विकासमा टेवा पु¥याउन सबै लागि परौ । युवा, समाजसेवी ,बुद्धिजीवीमा रहेको ज्ञान विवेकको सही सदुपयोग गर्दै दलित समुदायमाथि सम्मान गर्न सिकौं । जबसम्म हामीमा मान्छे–मान्छे एकै हुन भन्ने भावना जाग्दैन , जबसम्म हामी सबैमा समान सोचको विकास हुँदैन तब समाजले विकास हैन विनाश निम्त्याउँछ । तसर्थ सबैको सोच विभेद मुक्त समाज निर्माण गर्नको निमित्त जागरुक बनोस् , मान्छे–मान्छेबीचको विभेद अन्त्य गर्न सबैको अभ्यास होस् । आगामी पुस्ताले सभ्य र विभेद मुक्त समाजमा जिउन सकुन् र यसको निमित्त हामी सबैमा नयाँ सोच, नयाँ ज्ञानको वृद्धि हुनु पक्कै जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank