कोरोनाभित्र विभेदकाे कहर

हिरा विश्वकर्मा १७ बैशाख २०७७, बुधबार २०:००

सुदुर पश्चिम भन्ने वित्तिकै एउटा समुन्नत र सुन्दर प्रदेशको रुपमा हाम्रो दिमागमा आउँदैन, आफैमा गरिबी र अभावमा ग्रस्त यो प्रदेशमा जव दलितको कुरा आउंँछ, यसलाई कहिलेकाहीँ त छुवाछुतको राजधानी नै भन्न पनि मन लाग्छ, किनभने यहाँं दलितलाई मान्छेको रुपमा व्यवहार गरिदैन र डुम भनेर हेला होचो गरिन्छ । दलितलाई जातीय र साँंस्कृतिक रुपमा पनि कति सम्म दमन गरिएको थियो भन्न जान्न, त्यहाँंका अधिकांश दलितहरुलाई आफ्नो नामको पछाडि राम जोड्नै पर्ने र उनीहरुलाई हिन्दु जातीय परम्परा अनुसार आफ्नो थर र गोत्र पनि जान्न नदिने । त्यहांँका दलितले अलिकति सम्मान जनक थर लेख्न थालेको धेरै भएको छैन केही दशक मात्र भएको छ, त्यो पनि स्वर्गीय हिरालाल विश्वकर्मा मन्त्री भए पछि मात्र । यस्तो दमन र उत्पीडन भएको क्षेत्रमा गत वर्ष एउटा पत्याउनै नसकिने घटना भयो, त्यो हो अन्नपूर्ण टेलिभिजनवाट प्रसारित नेपाल आइडल सिजन दुई । त्यो कार्यक्रम एक प्रकारले दलितमय भयो भन्दा अत्युक्ति नहोला, किनभने उत्कृष्ट दश जनाको सूचीमा ४ जना दलित समुदायका थिए । नेपाल आइडलको शीर्ष उपाधी पनि एकजना सुदुर पश्चिमका दलित रवी ओडले जिते ।

रवी ओडको प्रतिभालाई कुनै खोट लगाउने ठाउँं छैन, उनी पनि एउटा उत्कृष्ट कलाकार हुन र हाम्रै समुदायका हुन तर सवै उत्कृष्ट ४ मध्ये उनलाई उत्कृष्ट भन्न मिल्ने अवस्था थिएन । किनभने ४ जना मध्ये एकजना शास्त्रीय संगीतमा पोख्त थिए र आफ्नो गायकीलाई सोही अनुरुप प्रस्तुत गरेर दर्शकको मन जितिरहेका थिए । खासगरी पाकिस्तानी गायक गुलाम अलीको गीत गाएर दर्शक श्रोतालाई मन्त्र मुग्ध पारेका थिए । अहिले पनि उनले गाएको के छ र म दिउंँ तिमीलाई मैले कोशेली भनेर भन्ने गीत मेरो कानमा गुन्जि रहन्छ । , अर्का प्रतिस्पधी महिला थिईन र उनले प्रेमपिण्ड चलचित्र चैतमास खडेरीमा डढेलोले मन खायो भन्ने गीतवाट दर्शकको मन जितेकी थिइन । अर्का सवैभन्दा उत्कृष्ट प्रतियोगी थिए विक्रम वराल । उनी वास्तवमा एउटा वहुआयामिक प्रतिभा भएका गायक थिए, किनभने उनले चलचित्र दक्षिणामा नारायण गोपालले गाएको यो मुटुलाई कसरी सम्झाई वुझाउँं भन्ने कालजयी गीतलाई थप नयांँ उचाईमा पु¥याएका थिए, उनले युट्युवमा दशौं लाखको भ्युज समेत पाएका थिए । उनले पश्चिमान्चल क्षेत्रको मगर समुदायको सालैजो गीतमा गीत मात्रै नगाएर आफुलाई नर्तकको रुपमा पनि आफुलाई अव्वल सावित गरेका थिए । रवी ओडका सन्दर्भमा कुरा गर्दा उनले सुदुर पश्चिमको देउडा गीतलाई एउटा उचाईमा आफ्नो नृत्य सहित पु¥याएता पनि उनले गाएको कुनै एउटा उत्कृष्ट गीतलाई मैले सम्झिन सकेको छैन । तर सो नेपाल आईडलको अन्तिम प्रतियोगितामा उनी हामी सवैको अपेक्षा भन्दा फरक किसिमले पहिलो भए । यसको कारण खोज्दै जाँंदा उनले पाएको सम्पूर्ण सुदुर पश्चिमको भोट हो । म एउटा दलितको विषयको एउटा अध्येता हुंँ, अत्यन्त विभेदयुक्त सुदुर पश्चिमको समाजले कसरी एउटा दलित कलाकारलाई आफ्नो नायकको रुपमा स्वीकार गरि उसलाई जिताउन सवै प्रयासहरुको ओईरो लगायो ? के त्यहांँ विद्यमान जात व्यवस्थालाई त्यहांँको समाजले विर्सिदै गएको हो ? त्यस्तो आभास दिने अन्य कुनै घटनाहरु त भएको देखिदैन । यो त भयो सुदुर पश्चिमले एउटा दलित कलाकारलाई नायकको रुपमा उभ्याएको अत्यन्तै राम्रो काम ।

संक्रमितहरुको नाम सार्वजनिक नगर्ने अहिलेको नियमलाई हामीले सम्मान गर्नैपर्छ तर तिनीहरुको सामाजिक र आर्थिक तथा जातीय पृष्ठभूमी थाहा नहुँदा नेपाल जस्तो जात जाति र त्यसले श्रृजना गरेका असंख्य विभेदहरुले ग्रस्त भएका समाजमा यो महामारीले थपि दिएको अर्को विभेद कहरलाई कसरी सामना गर्ने र त्यसवाट पार पाउने भन्ने ठूलो चुनौति देखिन्छ ।

अहिले पुरै विश्व कोरोना भाईरसले श्रृजना गरेको महामारीसंँग जुधि रहेको छ । संक्रमित र विरामी भएर मृत्युवरण गर्नेहरुको अत्यासलाग्दो अंकगणित सार्वजनिक भएकै छ । यो आलेख तयार पार्दै गर्दा नेपालमा ५७ जना संक्रमितहरु देखिएका छन् । कुनै पनि प्रकोप तथा प्राकृतिक विपत्तीले जात जाति, भूगोल लिँंगको आधारमा विभेद गर्दैन तर त्यसको असरहरु जात जाति नभएको ठाउंँमा वर्गीय र लिंगीय तथा हाम्रो जस्तो जात व्यवस्था भएको ठाउँंमा सोही अनुरुपको फरक असरहरु देखाउंँछ । अहिले पुरै देश वन्दावन्दीको स्थितिमा छ यसमा कुन जातलाई कस्तो असर गरेको छ भनेर अध्ययन गर्न वांँकी नै छ तर सुदुर पश्चिमको संक्रमणले देखाएको परिदृश्यलाई हेर्दा एउटा कहालीलाग्दो अवस्थाको संँकेत गरेको मेरो ठहर छ । अहिले सार्वजनिक भएको ४ जना संक्रमित जो निको भएर गएका छन् त्यस मध्ये तीन जना दलित समुदायका देखिएका छन् । उनीहरुको नाम सार्वजनिक भएअनुसार कञ्ंचनपुर वेदकोट ९ नगरपालिकाका इन्द्रवहादुर विक, लम्की चुहाका राज विक र सोही ठाउँकी ६१ वर्षीय महिला पाना विक छन् । यी तीनै जनाको पृष्ठभूमीलाई हेर्दा यिनीहरु गरिब तथा निम्नवर्गीय परिवारको पृष्ठभूमी देखिन्छ । तीन जना मध्ये दुईजना भारतमा मजदुरी गरि फर्किएका र पाना विक वीरगंजमा आफ्नो श्रीमानसँंग मिलेर होटल व्यवसाय गर्दा जमातीहरुलाई खाना खुवाउने क्रममा उनी पनि संक्रमित भएको भनिएको छ । यी त देखिएको र सार्वजनिक भएको केस भए तर भारत तथा खाडीमा काम गर्ने लाखौं नेपाली मध्ये दलितहरु पनि अधिकतम भएको कुरा नकार्न मिल्दैन । हाम्रो सामाजिक तथा आर्थिक संरचनालाई हेर्दा दलितहरुलाई उत्पादनको साधनमा पहुंँच कहिल्यै पनि दिइएन, उनीहरुलाई सधै अर्धदासको रुपमा व्यवहार गरियो, अहिले पनि सो प्रथाले निरन्तरता पाएको छ । रोजगारीका लागि उनीहरु गाउंँमा टिक्न सक्ने अवस्था छैन अतः भारतमा लाखौंको संख्यामा छन्, अहिले फर्किएका र चार जना संक्रमित मध्ये ३ जना देखिनुुलाई संयोग मात्र मान्ने कि यो एक प्रकारको भुसको आगो हो भनेर वुझ्ने भन्ने अवस्था देखिन्छ । यदि यो भुसको आगो हो भन्ने मान्ने हो भने यो कोरोनाको संक्रमण ती तीन जनामै मात्र सीमित होला भन्ने मान्न गा¥हो छ ।

संक्रमितहरुको नाम सार्वजनिक नगर्ने अहिलेको नियमलाई हामीले सम्मान गर्नैपर्छ तर तिनीहरुको सामाजिक र आर्थिक तथा जातीय पृष्ठभूमी थाहा नहुँदा नेपाल जस्तो जात जाति र त्यसले श्रृजना गरेका असंख्य विभेदहरुले ग्रस्त भएका समाजमा यो महामारीले थपि दिएको अर्को विभेद कहरलाई कसरी सामना गर्ने र त्यसवाट पार पाउने भन्ने ठूलो चुनौति देखिन्छ ।
गोरखाको वारपाकमा एउटा सानो दलित वस्ती थियो, गुरुङहरुको मुख्य वस्ती तल तथा भीर पाखामा अवस्थित सो वस्तीमा २०७२ सालको महाभूकंम्पले ठूलो संकट ल्यायो, त्यो भनेको पुरै डांँडोमा चीरा परेकोले उनीहरुले त्यहाँं वस्नै नसक्ने भए र अन्य जातिहरुको खेतवारीमा अस्थाई वसोवास वनाएर वसेका थिए । मेरो जानकारीमा आए अनुसार उनीहरुलाई वसोवास गराउने काम अहिले सम्म पनि भएको छैन । अहिले महाव्याधीको रुपमा देखिएको कोरोनाले पनि अति सीमान्तकृत दलितहरुमा त्यस्तै असर नपरोस् भन्ने कामना वाहेक के नै गर्न सकिएला र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank