सरकार तस्करहरुको नाइके बने अर्को ३० हजार मान्छे मर्छन् स् सुशीला कार्की

दलित अनलाईन १९ असार २०७५, मंगलवार १८:१२

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकार शोषक सामन्तीको लाइनमा पुगेको आरोप लगाउनु भएको छ । सरकारले शोषक, सामन्ती व्यापारी पृष्ठपोषक भएर काम गरीरहेको उहाँले आरोप लगाउनुभएको हो ।

डा. गोविन्द केसीको माग र उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानन्यायाधीश कार्कीले डा.केसीको अनशनबाट आएको अध्यादेश मेट्न खोज्नु गलत भएको बताउनुभयो । उहाँले भनुभयो , ‘१४ र १४ पटक बसेको अनसनबाट आज जुन अध्यादेश आएको थियो, आज त्यसलाई सरकारले मेट्न चाहन्छ भने सरकार त शोषक सामन्तीको लाइनमा पुगेछ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार व्यवहारमा खतम भएको बताइन् । उहाँले भनुभयो,‘सरकारमा आएपछि तपाई ब्यापारीलाई सहयोग गर्नुहुन्छ, त्यो पनि त्यस्ता शोषक सामन्ती व्यापारीलाई सहयोग गर्नुहुन्छ भने तपाई त सामन्ती हुनुहुँदोरहेछ । मुखले सैद्धान्तिक कुरा गर्ने, व्यवहारमा खतम हुनुहुँदोरहेछ ।’

गरिबले खान पाउनुपर्छ, लाउन पाउनुपर्छ, उपचार पाउनुपर्छ भन्नु सबैको अधिकार भएको उहाँले बताउनुभयो । । ‘गरिबले खान पाउनुपर्छ, लाउन पाउनुपर्छ, उपचार पाउनुपर्छ भन्नु पनि विद्रोह हुन्छ र ? त्यसलाई विद्रोह मानिन्छ ? सुन्दा पनि अचम्म लाग्छ । डा. केसीले त माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर पो भनेका छन् । मैले कहाँ पढे, बरु भारतमा लागू गर्दैछ । त्यहाँ खडा भयो, त्यहाँ वेपत्ता भयो ।’’ ‘यस्तै हो भने अझै ३० हजारले ज्यान गुमाउनेवाला छ’ सरकारले तस्करहरुको नाइके बने र तिनलाई नै पक्षपोषण गरे अर्को ३० हजार मर्ने उहाँकी तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank