दलितहरु अस्पतालमा छटपटाई रहदा मुख्यमन्त्री राउतले भने, ‘त्यो मेरो निर्वाचन क्षेत्रभित्र पर्दैन’

दलित अनलाईन १५ माघ २०७८, शनिबार २१:००

काठमाडौं— मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अस्पतालमा छटपटाई रहेका दलितहरुलाई सहयोग माग्दा आफ्नो निर्वाचन क्षेत्रभित्र नपरेको भन्दै पन्छिएका छन् ।

मधेस प्रदेशका मुख्यमन्त्री राउतलाई रामप्रवेश बैठाले बारा आदर्श कोतबाली–३ को दलितवस्तीमा भएको घटना घाइतेहरुलाई उपचारको लागि सहयोग माग गर्दा आफ्नो निर्वाचन क्षेत्रभित्र नपरेको भन्दै पन्छिएका हुन् ।

माघ १० गते बारा आदर्श कोतबाली–३ मा विवाहको नाचगान भइरहेको ठाउँमा  रथ अनियन्त्रित भई दुर्घटना  हुँदा घटनास्थलमै  दुई जनाको मृत्यु भएको छ भने   १४ जना घाइते भएका छन् । घाइतेमध्ये निर्मल कुमारी राम र बालकुमारी रामको घटनास्थलमै मृत्युभएको थियो ।

१४ जना घाइतेमध्ये छ जनाको उपचार राज्यलक्ष्मी अस्पताल कलैयमा भइरहेको छ भने चारको उपचार वीरगञ्जको न्युरो अस्पतालमा भइरहेको छ ।

मधेस सरकारका दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाले आफूलाई घटनाको बारेमा जानकारी भएको र यसको बारेमा मुख्यमन्त्री राउतसँग कुरा गर्दा उनले त्यो ठाउँ सरोज यादवको चुनावी क्षेत्रमा पर्ने भएकाले उनीसँग नै त्यस विषयमा कुरा गर्न आफूलाई भनेको बताए । ‘मुख्यमन्त्री राउतको क्षेत्रमा परे मात्र उनले सहयोग गर्ने हो त ?,’ उपाध्यक्ष बैठाले प्रश्न गरे, ‘मुख्यमन्त्रीजीले सानो कुरामा लाखौँ रुपैयाँ वितरण गर्नुहुन्छ तर आज उहाँ त्यो आफ्नो निर्वाचन क्षेत्रभित्र नपरेको भन्दै पन्छिनुभएको छ ।’

गाउँमा चन्दा संकलन गरेर त्रिपतिलाई थप उपचारका लागि काठमाडौँ पठाउन लागिएको नेता यादवले बताए । देशमा संघीय, प्रदेश र स्थानीय सरकार छ । तर दलितलाई हेर्ने कोही भएन । ‘उनीहरूलाई आर्थिक सहयोगको आवश्यकता छ । उनीहरू घरबाट एक रुपैयाँ पनि तिर्न सक्ने अवस्थामा छैनन् । तर यी दलितको पीडासँग तीनटै सरकार बेखबर छन् ।

प्रदेश तथा स्थानीय सरकार एउटा सानो भेटघाट कार्यक्रममा लाखौँ रुपियाँ खर्च गर्छन् तर अस्पतालमा छटपटाई रहेका दलितका लागि सहयोग गर्ने बजेट छैन,’ उनी भन्छन् ।

मृतक र घाइतेमध्येका सबै दलित हुन् । उनीहरूको आर्थिक अवस्था राम्रो छैन । जनता समाजवादी पार्टी नेपालका युवा नेता सञ्जय यादव भन्छन्, ‘मृतक तथा घाइतेको एक धुर जमिन पनि छैन, दिनमा काम गरेपछि राति खाने अवस्था भएकाहरू हुन् । सबैले मजदुरी गरेर जिविका चलाइरहेका थिए । अचानक यस्तो घटना भयो, सबैको हालत खराब भएको छ ।’

नेता यादवले भने, ‘मैले प्रदेश प्रमुखदेखि लिएर स्थानीय तहका प्रमुखसम्म गुहार मागे तर उहाँहरूले त्यति चासो देखाउनु भएको छैन ।’ मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई फोन गरेर सहयोगका लागि आग्रह गर्दा उनले त्यसरी सहयोग गर्न कुनै बजेट नरहेको प्रतिक्रिया आफूलाई दिएको उनले बताए ।

कतिपय स्थानीय प्रमुख, प्रदेश सांसद तथा संघीय सांसदहरूलाई पनि आग्रह गरे  पनि दलितलाई हेर्न आएका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank