राहत भनेकै समस्यामा परेका अर्थात हात मुख जोर्न विकल्प नभएकाहरुका लागि उपलव्ध गराउने सहयोग हो । विश्वव्यापी रुपमा समाजमा एउटा वर्ग हुन्छ, जो जुनसुकै किसिमका विपद् वा महामारीमा सवैभन्दा प्रभावित हुन्छ । गरिवी, वञ्चितिकरण, विभेदका कारण सामाजिक, आर्थिक र राजनीतिक रुपमा पछि परेका र राज्यसम्म पहुँच नभएका त्यही वर्गलाई नै विपद् तथा महामारीमा सवैभन्दा राज्यको र दाताहरुको सेक ताप चाहिने हो । हामीले ठूला वाढी, पहिरो र विनाशकारी गोर्खा भूकम्पमा पनि कतिपय अनुभवहरु हासिल गरेका छौ । अहिले नेपाल सरकारले पनि यही वर्गलाई लक्षित गरेर नै राहत वितरण गर्ने कार्यविधि वनायो र प्रदेश तथा स्थानीय सरकारलाई वितरणको जिम्मेवारी दियो । तर राहत वितरण सरकारले तय गरेको मापदण्ड वमोजिम लक्षित समुदाय सम्म पुग्यो कि पुगेन भनेर हेर्ने हो भने प्रभावकारी भएको देखिएन । समाचारहरुमा देखिए अनुसार सरकारले वितरण गरेको अधिकांश राहत हुने, खाने र पहुँचवालाहरुले नै पाए । थौरै मात्रामा सीमान्तकृत समुदायले पाए ।
भूकम्पका वेला स्थानीय सरकार थिएन । सर्वदलीय संयन्त्र वा जिल्ला विपद व्यवस्थापन समितिको पहलमा वितरण भएको थियो । त्यो वेला पनि समस्या आएका थिए । अहिले जनताका घर दैलोमा स्थानीय सरकार भए पनि ति पनि व्यवस्थित भएन त ? प्रदेश २ मा धेरै समयसम्म राहत वितरणमा खास पहल नभएको पनि समाचार आयो । जवकी डुम, मुसहर, चमार जस्ता सवैभन्दा पछि परेका र भूमिहिन वर्ग यही छन् । खासमा प्रभावकारी विधि पद्धति र त्यसलाई इमान्दारी पूर्वक पालना गर्ने जनप्रतिनिधिहरुको कमी देखियो । यसका साथै अनुगमन तथा मुल्यांकन गर्ने र समस्या भएका ठाउँमा सुधार्ने पद्धतिको पनि अभाव देखियो ।
यस्तो विषम परिस्थितिमा पनि किन यस्तो भयो त ? यसमा दोष कसको छ त ? १ साँझ विहान हात मुख जोर्न सकिएन भनेर राहत माग्नेको ? २ आफ्ना लागि विकल्प हुँदाहुँदै पनि लोभ गर्ने र पद, प्रतिष्ठा र पहुँचका आधारमा राहत हात पार्न अनेक दाउपेच गर्नेको ? ३ आफन्तवाद, नातावाद, कृपावाद, पार्टीवाद, गुटवाद, भोटवाद हेरेर असमान तरिकाले वितरण गर्नेको ? ४ वा राहतमा राजनीति गर्नेको ? ५ राहतमा विभेद गर्नेको ? ६ कसलाई आवश्यक छ र कसलाई छैन नहेरी सवैलाई एकमुष्ट वितरण गर्नेको ? ७ वा स्पष्ट मापदण्ड वनाएर राहत प्याकेज घोषणा गर्ने सरकारको ?
खासमा प्रभावकारी विधि पद्धति र त्यसलाई इमान्दारी पूर्वक पालना गर्ने जनप्रतिनिधिहरुको कमी देखियो । यसका साथै अनुगमन तथा मुल्यांकन गर्ने र समस्या भएका ठाउँमा सुधार्ने पद्धतिको पनि अभाव देखियो ।
स्पष्ट छ हामी अरुलाई जति पनि दोष दिन सक्छौ तर आफूले गर्न प¥यो भने खास केही गर्न सक्दैनौ । समाजमा सवैभन्दा पछि परेको वर्ग समुदायका लागि छुटएको राहत वितरण गर्दा होस वा आफूले लिँदा सरकारले तयार गरेको मापदण्ड विर्सन्छौ अनि एउटा हातले राहतको पोको वोकेर अर्को हातले सरकारलाई गालि गर्छौ । हाम्रो पुरातनवादी, विभेदकारी, स्वार्थी र संकीर्ण सोचले हामीलाई सधै दोषी वनाइरहेको छ तर हामी आफूलाई राम्रो र अरुलाई नराम्रो देख्छौ । के हामी यो महामारीबाट समाजमा सवैभन्दा पछि परेका वर्ग समुदायका पक्षमा कसरी काम गर्ने ? उनीहरुलाई महामारीको अवधिमा र महामारी पछि कसरी जीवीकोपार्जन गर्न सहयोग गर्ने भन्न विषयमा सोच्न र सोही अनुसार काम गर्ने शिक्षा लिन सक्छौ ? विपद वा महामारीका वेलामा सीमान्तकृत वर्गले समता र समानताका आधारमा विना विभेद राज्यबाट सेक ताप पाउने वातावरण वनाउन आउने दिनमा सरकार, नागरिक समाज र आम नेपाली गम्भीर वन्नैपर्दछ ।
Leave a Reply