भोजपुरमा दुई दलित महिला जातीय आधारमा कुटिए

दलित अनलाईन ११ भाद्र २०७७, बिहीबार १७:१८

काठमाडौं— भोजपुर पौवादुङ गाउँपालिका २ का दुई दलित महिलामाथि जातीय आधारमा गालीगलौज गरी कुटपिट भएको छ ।
भोजपुर जिल्ला पौवादुङ गाउँपालिका २ बस्ने अजिता परियार र बहिनी राधिका परियारमाथि स्थानीय मनिष राई र मखमली राईले जातीय आधारमा गालीगलौज गर्दै निर्घात कुटपिट गरेका हुन् ।
अजिता परियारको बारीमा सधै गाई बस्तु लगाउँदै आएका राई परिवारले यस अघि पनि दलित समुदाय भएर आफ्नो ठाउँमा बस्नुपर्ने भन्दै जातीय आधारमा गाली गलौज गरेका थिए । आफ्ना बारीमा पटक पटक गाईबस्तुहरु लगाएपछि बारीमा गाईबस्तु नछोड्न अजिता परियारले एक पटक अनुरोध गरेकी थिइन् । साउन ९ गते  (मंगलबार)  बाटोमा हिँडिरहेकी अजितामाथि एक्कासी युवा मनिष राई र मखमली राईले कुटपिट गरी पानीको लागि खनिएको कुलोमा हालिदिएका थिए । राईहरुबाट आफु निर्घात कुटपिटबाट बाँच्न गुहार मागेकी थिइन् । कुटपिटबाट उनको कम्मर ,दाँत, हात र शरिरमा चोट लागेको छ । कपडाहरु सबै च्यातिदिएका छन् । ‘जातीय आधारमा डुमहरु भन्दै बाटोमा हिँडेको बेला एक्कासी कुटपिट गरे, यो ज्यादती हो, हामीमाथि सधै जातीय आधारमा गालीगलौज गर्छन् ।’
दिदी चिचाएको सुनेर हतार हतार पुगेकी अजिताकी बहिनी राधिकालाई समेत मनिष र मखमलीले कुटपिट गरेका छन् । उनीहरुको कुटाईबाट राधिकाको समेत हातको औला भाँचिएको छ भने दाँत एउटा झरेको छ ।
आफुहरुमाथि जातीय आधारमा गालीगलौज गरी कुटपिट गर्नेमाथि कारबाहीको लागि गाउँपालिका गएर घटनाका विषयमा जानकारी गराए पनि गाउँपालिकामा बसेका प्रहरीहरुले गाउँघरको घटना गाउँमै मिल्नुपर्ने भन्दै दबाब दिएपछि पीडित दिदि बाहिनीहरु घर फर्किएका थिए ।
आफुहरुमाथि अन्याय भएको भन्दै न्यायको लागि सबै तहबाट बोलीदिन बहिनी राधिका परियारले आग्रह गरिन् । ‘हामीमाथि पहिलेबाट जातीय आधारमा गालीगलौज गरेका हुन् , अहिले त कुटपिट नै गरे । ’
आफुहरुमाथि कुटपिट गर्नेहरुमाथि कारबाहीको लागि ईलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न खोजे पनि गाउँघरको घटना भन्दै प्रहरीको दबाबमा घटना मिलाउन प्रहरी कार्यालयमै छलफल चलाएको राधिकाले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank