मेयर देवकुमार नेपाली र धर्मपत्नी छेला नेपालीबाट १ का १९ घर-परिवारलाई खाद्यन्न वितरण

दलित अनलाईन २० चैत्र २०७६, बिहीबार २३:२१

काठमाडाैं- ‘मनकारी मेयर’ भनेर चिनिएका बाग्लुङ्ख ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको लकडाउन सक्रियता बढ्दो छ ।
विश्वभर संकट निम्त्याइरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलन नदिन देश अहिले लकडाउन घोषणाको अवस्था छ ।
दुई दिनअघि मात्र वुर्तिबाङ्खदेखि पोखरा र काठमाडाैंमा रहेका आफ्ना घरमा बस्ने व्यक्ति र विभिन्न संस्थालाई मेयर नेपालीले एक महिनाको कुल ९ लाख ६५ हजार भाडा छुट गरेको घोषणा गरेका थिए ।
गरिव मजदुरहरुका लागि ‘मनकारी मेयर’ भनेर चिनिएका देवकुमार नेपाली र धर्मपत्नी छेला नेपालीले लकडाउनबाट प्रत्यक्ष असरमा परेकका ज्याला–मजदुरी र विपन्न वर्गका ६८ घर परिवारलाई खाद्यन्न समाग्री उपलब्ध गराएका छन् ।
विहिबार पहिलो दिन ६८ घर परिवारलाई खाद्यन्न उपलव्ध गराइएको नगर प्रमुख नेपालीले दलितअनलाईसँग बताए । विहिबार वितरण गरिएका वडाहरुमा १ का १९ घरपरिवार, वडा नं २ का १३, वडा नं ३ का १२, वडा नं ५ का १०, वडा नं ६ का १० र वडा नं ७ का ९ मध्य ४ घर परिवार गरी ६८ घरपरिवारलाई खाद्यन्न सामाग्री उपलब्ध गराइएको नेपालीले जानकारी दिए ।

नगर प्रमुख नेपालीका अनुसार, बाँकी रहेका वडा नं ४, ७, ८ र ९ का ३९ घरपरिवारलाई घर÷घरमै पुगेर खाद्यन्न उपलब्ध गराईनेछ । प्रति घरपरिवार जिरा स्टीम चामल १ बोरा, दाल १ के।जी।, चिनी १ के.जी, खाने तेल १ पोका, नुन १ के।जी, वाईवाई चाउचाउ ५ प्याकेट र स्वायविन (तरकारीका रुपमा प्रयोग गरिने) १ पोका रहेको छ । ‘तपाईँ हाम्रो वरपर ज्याला–मजदुरी गरेर पेट पाल्ने जग्गाजमिन र घरबार विहीनहरुको संख्या धेरै छ ।


उनीहरुलाई मजदुरी गरेर गुजारा चलाउनुको विकल्प छैन् । हुनेखाने परिवारमा त यसको प्रभाव देखिएको छ भने हुँदा खानेहरुको अवस्था कस्तो होला ? हामी आफैंले अनुभव गर्न सक्छौँ । त्यसैले आ–आफ्नो ठाउँबाट विपन्नहरुको सहयोगमा जुट्न पनि सबैमा अनुरोध गर्दछु’, नगरवासीलाई आव्हान गर्दै नेपालीले भने ।


ढोरपाटन नगरपालिकाले आफ्ना जनतालाई उचित उपचारको व्यवस्थासँगै उनीहरुलाई राहतको लागि निरन्तर प्रयासरत रहेको नेपालीले बताए । कोरोना भाईरस संक्रमणबाट आफू, आफ्नो समुदाय र देशलाई बचाउन र लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि घरभित्रै बस्न उनले आग्रह गरे ।

लकडाउनका कारण दैनिक गुजारामा समस्या भईरहेको अवस्थामा नगर प्रमुख नेपालीले खाद्यन्न सहयोग गरेको भन्दै प्रभावितहरुले खुशी व्यक्त गरेका छन् । ढोरपाटन नगरपालिका वडा नं. ६ का खड्क बहादुर पुनले भने– ‘लकडाउनले मजदुरी गर्न नपाएपछि सुख्खा दाल भात समेत खान नपाउने भएका छौँ, हामी जस्ता गरिवको चुलो बाल्न समेत धौधौ छ । यस्तो अवस्थामा मेयर ज्यूले खानेकुरा दिनुभयो हामी निकै खुशी छौँ ।‘

खाद्यन वितरण कार्यक्रममा ढोरपाटन नगरपालिका नगर कार्यपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेल, नगर प्रमुख नेपालीकी धर्मपत्नी छेला नेपालीसहित वडा अध्यक्ष, संचारकर्मीहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank