हुन त संसार वर्तमान परिस्थितिमा निकै नै कठिन अवस्थामा गुज्रिरहेको छ । तर, म जातिय विभेदको कुरा गरिरहेको छु र यो कोही व्यक्तित्वहरुलाई असान्दर्भिक पनि लाग्न सक्छ । कतिपयले यो समय ठिक होइन भन्नु हुन्छ होला तर खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भने जस्तै यस विषयमा आफ्नो केही विचार लेख्न मन लाग्यो । हो, यो समयमा यस्ता विभेदका कुरा गर्ने उचित समय होइन । तर मैले मात्र, यो समाजले विर्सिरहेको भनुम वा बुझ पचाएर अभिनयको पात्र बनिरहेको यो समाजमा केहि वास्तकिता मात्र प्रस्तुत गर्न खोजेको छु र मलाई लाग्छ यो भन्दा उत्तम समय अरु हुनै सक्दैन जस्तो लाग्छ । भनाई नै छ नि एउटा, “मौकामा हिरा फोड्नु” जस्तै मौकामा भन्न, गर्न नछोडनु भनाईमा म अघि बढेको छु ।
कोभिड–१९ अर्थात कोरोना, एउटा भाइरस जसले विश्वलाई नै आतंकित बनाईरहेको छ । चीनको हुवानबाट शुरु भएको भनिएता पनि आज संसारका एक से एक विकसित राष्ट्रहरुमा यसले आफनो नकारात्मक प्रभाव देखाईरहेको छ । आज एक से एक विकसित राष्ट्रहरु कोरोनाको अगाडी लम्पसार भएर बस्नु परेको अवस्था छ । दैनिकौ हजारौ मानिसहरुले अकालमा आफनो ज्यान गुमाई रहेका छन् । अहिले सम्म हेर्ने हो भने यसले लाखौं मानिसहरुको ज्यान लिईसकेको अवस्था छ । हामी दक्षिण एशियाली मुलुक मध्येमा विकासोन्मुख राष्ट्रमा पर्छौ । हाम्रो देशमा पनि कोरोनाले केहि हदसम्म असर गरिरहेको छ । हाम्रो देशमा हामी जनताले अझै सिरियस रुपमा लिईरहेका छैनौं भनौ वा लिन सकेका छैनौं । अहिले अलि अलि गर्दै यसको असर बिस्तारै बढ्दै गरेको देखिन्छ तर, धन्यवाद नेपाल सरकार जसले गर्दा अहिले सम्म कसैको मृत्यु हुन सकेको छैन । बरु निको बनाउँदै आफनो घर फर्काइ रहेका छन् । मलाई यहाँ कोरोनाको असर र यसबाट बच्ने उपाय मध्येको सबैभन्दा राम्रो उपायको बारेमा भन्न मन लागेको छ । मानिस – मानिस बिचमा दुरि कायम गर्नु, हात नमिलाउनु, एक अर्कालाई नछुनु, हुँदा हुँदा मानिसहरुले आफनो घरमा लेखेर राख्न पनि पछि परेनन् कि कृपया हाम्रो घरमा नआईदिनु होला भन्दै भन्नु पर्दा, यो अहिलेको समाज, विश्वलाई यो नौलो लाग्न सक्छ होला । तर, हाम्रो देशमा यो साविक देखि चलिआएको एउटा रिती भएको छ र यो प्रक्रियाबाट नेपालका केहि समुदायहरु वर्षौ देखि पिल्सिदै आईरहेका छन् । हो, जातिय विभेद अर्थात छुवाछुत प्रथा भाईरस, जुन कोरोना भाईरस भन्दा कम छैन । किन कि जसको जीवनमा यो भाईरसको प्रभाव परेको छ ती व्यक्तिहरुलाई मात्र थाहा छ कि साच्चै छुवाछुत अर्थात जातिय विभेद भन्दा ठुलो भाईरस कुनै छैन भनेर ।
यदि मान्छेले फेरि आफनो धर्मलाई बिर्सिने हो, मान्छे मान्छेमा फरक खोज्दै जाने हो भने यी सामाजिक विभेद, जातिय छुवाछुत जस्तो संक्रमित भाईरसले कैयो ज्यानहरुले पुनः फेरी अकालमा मुत्युवरण गरिरहनु पर्ने हुन्छ ।
हामीले विभिन्न अवस्थामा देखेका छौं । अरु भाईरसको प्रभाव परेपछि मानिसले तत्काल आफनो ज्यान गुमाउँछन अथवा औषधी उपचार गरेर सन्चो भएका छन् । तर, यो जातिय विभेदको भाईरस यस्तो भाईरस हो जसको प्रभावले मानिसहरु दैनिक जसो छिन –छिनमा मरिरहेका छन् । फेरी, यसको औषधी मुलो पनि कहि कतै पाईदैन जसले गर्दा यो सन्चो हुने जस्ता कुराको त कुरै नगरौं ।
साविक देखि हाम्रो देशमा जातिय विभेदको भाईरसले प्रभाव पारिराखेको छ । तल्लो र माथिल्लो जातको नाममा, धनी र गरिबको नाममा, हुने खाने र हुँदा खाने, छुत र अछुतको नाममा ईत्यादि । मान्छेले मान्छेलाई गरिने यो विभेदमा जातिय आधारमा ठुलो भएर तल्लो जातियको उपाधि पाएकोलाई घरमा छिर्न नदिने, सँगै बसाएर खानपिन नगर्ने, छुन नहुने, मन्दिर प्रवेशमा निषेध, धारा, पधेँरो आदिमा छुन बाट बञ्चित जस्ता कु –क्रियाकलापहरु भईरहेको छ ।
तर, कहिले सम्म ?
यदि हाम्रो यो समाजमा जातिय छुवाछुत, जातिय विभेद जस्ता कु–कार्य निरन्तर रहिरहने हो र यसले सकारात्मक काँचुली नफेर्ने हो भने हामीले, हाम्रो यो समाजको कहिले पनि रुपान्तरित स्वरुप देख्न पाउने छैनौं । कोरोनाको संक्रमण वर्तमान परिस्थितिमा आएको एउटा समस्या हो । यो केहि समयमा हराएर जान पनि सक्छ । तर, योे जातिय छुवाछुतको भाईरस रहिरहने हो भने हाम्रो समाजमा कोरोना त के जुनसुकै भाईरस आए पनि केहि फरक पर्ने छैन । कोरोनाको आतंकबाट मृत्यु हुनेहरुले दाहसंस्कार पाईसके तर जातिय छुवाछुतको चपेटामा परेको स्वर्गीय भाई अजित मिजारको लाश आज पनि टिचिङ्ग अस्पतालमा न्याय खोज्दै बसिरहेको छ । उनको गल्ती के थियो र आफु सानो जात भएर ठुलो जातको केटीसँग बिहे ग¥यो भनेर ? यदि मार्नु नै थियो भने दुबै केटा केटीलाई नै मार्नु पथ्र्यो नि । के अजितको मात्र दोष थियो र ? कोठा भाडामा वा डेरा खोज्न जादा दलित भन्ने थाहा पाएर खाली छैन, बुढा पाका छन घरमा, मान्दैैनन् आदी ईत्यादि भनेर टार्छन त्यो पनि पढेर शिक्षित भएका निजामति कर्मचारीेले । त्यस बिरुद्धमा आवाज उठी हाल्यो भने र सम्बन्धीत निकाय सम्म पु¥याउन सके सरकारले केहि रकम तिराउँछ र केहि महिना सजाय नत्र जबरजस्ती मेलमिलाप बनाएर छोडिदिन्छन् ।
पुराण भन्दा मानिसको दुई जात ( स्त्री, पुरुष ) भन्न पछि पर्दैनन् । युटुबमा, लेख रचनामा दर्शककोे मात्रा बढाउनु प¥यो भने, समाजमा आफुलाई सामाजिक रुपमा देखाउनु प¥यो भने मानिसको दुई जात ( स्त्री, पुरुष ) भन्न पछि पर्दैनन् । कतै भाषण दिनु पर्यो भने मानिसको दुई जात ( स्त्री, पुरुष ) भन्न पछि पर्दैनन् । तर, व्यवहारमा कहिले उतार्न सक्दैनन भनौं वा चाहदैनन् यी ढोङ्गीहरुले । सानो जातको घरमा गएर खाना खाएर म जातिय छुवाछुत विरोधी हुँ भन्नेले आफनो घरमा लगेर ख्वाउनु प¥यो भने के गर्नु मेरो घरमा बुढा पाकाहरु छन् । म पो मान्दिन, तर बुढा पाकालाई सम्झाउनै सकिन्न भन्दयो भैईहाल्यो ।
मान्छेबाट मान्छे घृणित हुनु भनेको कोरोना जस्तो भाईरसको प्रभावले मात्र हो । यसको उपाय भनेको नै एक अर्काबाट टाढिनु हो अन्यथा मृत्युवरण हो परिणाम । आज यो भाईरसले मान्छेको औचित्यलाई उजागर गरेको छ । यसले ठुलो, सानो, धनी, गरिब भनेर भेदभाव गरेको छैन । मान्छे मान्छे बीच सदभाव हुनुपर्छ, सदाचार हुनुपर्छ, एक अर्कालाई आदर सम्मान हुनुपर्छ । किन कि आज यो विषम परिस्थितिमा एकले अर्कोलाई सहयोग गरेको हामीले देखेका छौं र गर्नु पनि पर्छ । तर यदि मान्छेले फेरि आफनो धर्मलाई बिर्सिने हो, मान्छे मान्छेमा फरक खोज्दै जाने हो भने यी सामाजिक विभेद, जातिय छुवाछुत जस्तो संक्रमित भाईरसले कैयो ज्यानहरुले पुनः फेरी अकालमा मुत्युवरण गरिरहनु पर्ने हुन्छ ।
मैले कोरोनासँग किन यो जातिय विभेदलाई दाँजेको छु भन्दा, तपाई हामी देख्न सक्छौं कि यो भाईरसले मान्छेले मान्छेलाई नछोईने बनाई दिएको छ । मुख फुटाएर एकले अर्कालाई घरमा नआउ है भन्ने वाताारणको श्रृजना भएको छ । यो त एउटा विषम परिस्थिति हो आज जसलाई एउटा उदाहरणको रुपमा लिन सकिन्छ । जस्तो कि अहिलेको परिप्रेक्ष्यमा सामाजिक दुरी कायम गर्दा कोरोना भाईरससँग बच्न सकिन्छ भन्ने कुराहरु आइरहेको छ । हो यो अवस्था त दलित समुदायले कैयौ समय देखि भोग्दै आईरहेको भेदभावपूर्ण व्यवहार हो । अहिले रोग सँग डराएर मान्छेलाई उपेक्षा सहँदै छन् तर दलित समुदाय मान्छे त्यसमा जातको आधारमा सामाजिक दुरीको भागिदार हुँदै आएको छ र यो कहिलेसम्म भन्ने कुराको एकिन हुन सकेको छैन । निश्चित रुपमा कोरोनाको त औषधि पत्ता लागे पछि सामाजिक दुरी हट्ला तर जातिय छुवाछुत कहिले हट्ला त म यस प्रश्नको उत्तर खोजिरहेको छु ।
Leave a Reply