कर्णाली मनकारी सांसद : जसले आफुनो खर्चमा एम्बुलेन्समा मुग पु¥याए विरामी

दलित अनलाईन २६ चैत्र २०७६, बुधबार २०:४५

सुर्खेत– कर्णाली प्रदेशसभाका सबैभन्दा कान्छा प्रदेश संसद दानसिंह परियारले सुर्खेतमा उपचार गराई अलपत्र परेका दुई जनालाई आफैले एम्बुलेन्स खर्च तिरेर उद्धार गरि बुधबार मुगु पठाएका छन् ।

कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेपछि उपचारमा रहेका छायानाथ रारा वडा (१३ का डिल बहादुर कामी र नेपालगन्ज भेरी अस्पतालमा पेटको विरामी परेर मुगु फर्किने क्रममा सुर्खेतमा छाँयानाथ रारा वडा (१० का सुर बहादुर नेपालीको उद्धार गरेका हुन ।
‘हामीसँग भएको उपचार खर्च सबै सकिएको थियो । अस्पतालमा बस्दा झन खर्च भइरहेको थियो ।’ १५ दिन देउती अस्पतालमा उपचार गराइरहेका डिलबहादुरले भने, ‘उहाँले ४५ हजार भन्दा बढी निजी खर्च गरेर हामीलाई मुगु पठाई दिनु भएको छ । उहाँलाई सधैं भगवानले साथ देओस भन्ने कामना गर्दछु ।’ उनले आर्थिक अवस्था कमजोर भएका कारण आफू गमगढी पुग्न नसक्ने अवस्थामा रहेका बेला सांसद परियारले गरेको सहयोग जीवनमा भूल्न नसक्ने बताए । उनी मुगुमै सडक दुर्घटनामा परि घाईते भएका कारण करिव १५ दिन देखि देउती अस्पताल सुर्खेतमा उपचाररत रहेका थिए । अर्का सुरबहादुर नेपालगञ्जमा उपचार गरी सुर्खेतमा आइ अलपत्र परेका थिए । ती दुवै जनालाई सांसद परियारले उद्धार गरेका हुन ।
‘उहाँहरुको आर्थिक अवस्था अत्यन्तै दयनीय थियो । मैले नीजि खर्चमा भएपनि उहाँलाई घरसम्म जानको लागि एम्बुलेन्सको व्यवस्था गरि पठाईदिएको छु ।’ उनले भने, ‘यसका अलावा अलपत्र परेका सयौं मुगाली जनतालाई उद्धार गरी मुगु पठाइसकेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank