छिमेकीकाे कुटपिटबाट मानसिक सन्तुलन गुमाएकी डुकादेवी दर्जीको अपस्पतालमा बाँधेर उपचार

दलित अनलाईन ११ श्रावण २०७८, सोमबार १७:४७

उर्लाबारी —  मोरङको कानेपोखरी–५ चिसाङ बस्तीकी डुकादेवी दर्जी तामाङ यतिबेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा १५ दिनयता उपचाररत छिन्।

मोवाइलको सिम चोरेको आरोपमा छिमेकीले मरणासन्न हुनेगरी कुटपिट गरेपछि डुकुदेवीको मानसिक सन्तुलन गुम्यो। मानसिक सन्तुलन गुमेपछि डुकादेवीलाई घर परिवारले बाँधेर घरमै राखे। देवी–देउता लागेको भनेर धामी झाँक्री लगाए। बैद्य, विजुवा सबैलाई देखाए। तर,  उनको होस फर्किएन।

स्वास्थ्य अवस्था झनै गम्भीर भएपछि कानेपोखरी–५ का वडाध्यक्ष चरण गुरुङले उपचारका लागि अस्पताल पठाए। उनले नै १५ हजार रुपैयाँ समेत उपलब्ध गराएर अस्पताल भर्ना भएकी तामाङको उपचारका क्रममा प्रयोग भएका औषधिका कारण ३ महिनाको गर्भ समेत तुहिएको छ। पेटको बच्चा खेर गएपछि उनको अवस्था अझ जटिल भएको बुवा हर्कबहादुर दर्जीले बताए। हर्कबहादुरका अनुसार गत बैशाख ३१ गते छिमेकीहरू पुष्पा मगर, नीरमाया मगर र बविता मगरले मोवाइलको सीम चोरको आरोपमा कुटपिट गरेका थिए।

हर्कबहादुरकी छोरी डुकादेवी सोही स्थानका कुमार तामाङसँग अन्तरजातीय विबाह गरी माइती नजिकै बस्दै आएकी छिन। घरमा डुकादेवीकी ८ वर्षीया छोरी छिन्। कमजोर आर्थिक अवस्थाको तामाङ परिवारले उपचार खर्च समेत जुटाउन सकेको  छैन। पीडित डुकादेवीका बुवा हर्कबहादुर दर्जीले भने,‘अढाई लाख रुपैयाँ खर्च भइसक्यो। कुटपिट गर्नेहरू छाति फुलाएर हिडिरहेका छन्।’

डुकादेवीको माइती तर्फबाट दलित अधिकारकर्मीहरूको सहयोगमा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्धा दर्ता भएको थियो। तर, अदालतले २५ हजारका दरले धरौटी लिएर तीनै जनालाई छोडेपछि डुकादेवीको माइती परिवार यतिबेला न्याय खोज्दै भौतारिरहेको छ। अदालत, प्रहरी प्रशासन कसैले न्याय दिलाएनन्। ‘के दलितले चाहिँ कुकुर मरे झैं मर्नु पर्ने हो ?’  दलित अधिकारकर्मी तिलक बर्देवाले भने।

दर्जी परिवारले गर्भ संरक्षणविरुद्धको कसुर उपर इलाका प्रहरी कार्यालय पथरीमा मुद्धा दर्ता गराएको छ। बैशाख ३१ गते डुकादेवीलाई कुटपिट गर्ने मगर परिवार २२ वर्षीया पुष्पा २४ वर्षीया बविता, ४० वर्षीया नीरमाया र  अन्दाजी ५०/५५ वर्षीया बिन्दामाया मगरलाई विपक्षी बनाई मुद्धा दायर गरिएको हो। दमाइको छोरी तामाङसँग पाइला गएर ठूली भइस भन्दै कुटपिट गरेको दर्जी परिवारको भनाई छ।

तर, मगर परिवारले  डुकादेवी मादक पदार्थ सेवन गरेर हल्ला गर्दै घरमा आएपछि सामान्य भनाभन मात्र भएको बताएको छ। बिजु मगरले  आमा र बहिनीलाई उदृृत गर्दै भने–‘डुका रक्सी पिएर आएकी थिइन्। जथाभावी आरोप लगाएर बोल्न थालेपछि पुष्पा मगरले सम्झाएर घर पठाएको हो।’

बैशाख ३१ को घटना १ महिना बित्दा सम्म केही कुरा उठेन। उपचार खर्च माग्न वडाध्यक्षकोमा पुगेपछि वडाध्यक्ष चरण गुरुङले नै एम्बुलेन्स खोजेर उपचार खर्चसहित अस्पताल पठाए। त्यसपछि कुटपिटको कुरा उठेको मगरले बताए।

उता वडाध्यक्ष गुरुङ पनि एकजनालाई न्याय दिँदा अर्को पक्षलाई अन्याय भएको बताउछन्। ‘पीडितका बुबाले गाउँघरमा मिलसिक्यौं मुद्धा नगर्ने भन्नुभएको थियो। अहिले परिस्थिति नै खल्बलिएको छ,’ गुरुङले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank