पार्कर खेलाडी दिनेश सुनार चौथोपटक विश्व कीर्तिमानमा

दलित अनलाईन १४ माघ २०७६, मंगलवार २२:०४

काठमाडाैं- पार्कर खेलाडी दिनेश सुनारले चौथोपटक विश्व कीर्तिमान राखेका छन् । हाल एक कार्यक्रमका लागि अमेरिकामा रहेका पार्करले अमेरिकामा खेल मार्फत चौथोपटक कीर्तिमान राखेका हुन् ।

उनले ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ मा १ घण्टामा ४ सय ६० पटक ब्याकवार्ड समरसल्ट हानेर नयाँ कीर्तिमान बनाएका हुन् । अमेरिकामा रेकर्ड पूरा गरेको एक हप्तापछि उनले प्रमाणपत्र समेत पाइसकेका छन् ।

दिनेशले यसअघि तीन पटक विश्व कीर्तिमान राखिसकेका छन् । पहिलो किर्तिमान ‘मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ द वाल इन वन मिनट’ मा, दोस्रो कीर्तिमान ‘दि मस्ट ब्याकवार्ड समरसल्ट वाल इन ३० सेकेन्ड’ मा र आफ्नो दोस्रो कीर्तिमानीलाई तोड्दै ‘द मस्ट ब्याकफूल ३६० वाल इन ३० सेकेन्ड’ को तेस्रो रेकर्ड बनाएका थिए ।

हाल उनी अमेरिकाज गट ट्यालेन्टमा सहभागी हुनका लागि अमेरिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank