प्रदेश १ मा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर

पर्वत पोर्तेल ५ माघ २०७६, आईतवार २२:१५

काँकडभिट्टा – प्रदेश सरकार गठन भएको करिब दुई वर्ष बित्न लाग्दा आइतबार प्रदेश १ मा चार जना नयाँ अनुहारलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश १ काे सरकारमा चार मध्ये एक महिला पनि छन् । उनी हुन् झापाकी जसमाया गजमेर ।

उनले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्।पूर्व एमालेको कोटाबाट समानुपातिक प्रदेशसभा सदस्य बनेकी गजमेर झापाकी जुझारु नेता हुन्। पार्टीभित्र ‘क्रान्तिकारी’ छवि बनाएकी उनी निरन्तर जनताको सेवाको प्रतिफल स्वरुप आफू यो अवस्थामा आइपुगेकी बताउँछिन्। ‘मैले कहिल्यै मन्त्री हुनुपर्छ भनेर मरिहत्ते गरिनँ’, राज्यमन्त्री बनेपछि उनले भनिन्,‘नेतृत्वले जिम्मेवारी दियो अनि स्वीकारे।’

मुख्यमन्त्री शेरधन राईले यसअघि मन्त्रीहरु थप्दा महिला र दलितलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता गरेका थिए। यसै अनुरुप यस जिम्मेवारी जसमाया गजमेरसम्म आइपुगेको हो।

ZenTravel

जसमायाका अनुसार पद प्राप्तिका लागि उनले कहिल्यै ‘चलखेल’ गरिनन्। सामाजिक विकास राज्य मन्त्रीको जिम्मेवारीपछि उनले महिला,दलित र उत्पीडित वर्गको हितमा काम गरेर देखाउने प्रतिवद्धता जनाइन्।

जसमाया ४० वर्ष अघि इलामको फाकफोक थुममा विपन्न दलित परिवारमा जन्मिइन्। त्यसबेला वालीघरे प्रथा व्यापक थियो।

यस प्रथाले उनलाई भित्रैबाट पोल्थ्यो। विभेद किन हुन्छ भन्ने यिनको बाल मानसिकताले बुझेको थिएन। त्यही विभेद र छुवाछुतको भोगाइले यिनलाई राजनीतिसम्म डोर्याएर मन्त्री बनायो। जसमाया स्कुले जीवनबाटै कम्युनिस्ट राजनीतिमा आबद्ध भइन्।

घर गाउँमा मात्रै हैन, स्कुलमा पनि छुवाछुतको व्यवहार सहनु परेको अनुभव उनीसँग ताजै छ। ‘छुवाछुतको भोगाइ नै मेरो राजनीतिको प्रेरणा हो’, उनी भन्छिन्।

स्कुल, गाउँ इकाई कमिटीदेखि जिल्ला र केन्द्रीय स्तरसम्म उनको राजनीतिक अनुभव छ। पार्टीमा रहेर उनले निरन्तर काम गरिरहिन्। ‘यही निरन्तरताले प्रदेश सदस्य हुँदै मन्त्री बनेकी हुँ’, उनी भन्छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank