पुजा गर्न पुगेका दुई पण्डित दलितकाे घर भन्दै भागेपछि…….

दलित अनलाईन ३ मंसिर २०७६, मंगलवार २२:५२

कपिलवस्तु – कपिलवस्तुमा चन्द्रौटामा दलितको घरमा पुजा गर्दैनौैं भन्दै पुजारी भागेका छन । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका मिलन विश्वकर्माको घर सत्यानारायण पुजा र रुद्री पुजा आयोजना गरेका थिए । पुजा सुरू गरेपछि दलित घर भएको थाहा भए पछि पण्डित भिम प्रसाद आचार्य र गोविन्द भट्टराई पुजा स्थान छोडेर भागेको पिडित मिलन विश्वकर्माले बताए ।
घरको पुजा गर्ने ठाँउ समेत लिपपोत गरी सफा सुग्घर बनाइएको थियो । विहान १० बजे पुजा गर्ने गरी घरको सम्पूर्ण तयारी सकिएको थियो । पुजा गर्ने विधि सुरु हुना साथ पुजारी अनेक बहान बनाई पुजाघरवाट बाहिर निस्किएको विश्वकर्माले बताए । धेरै समयसम्म कुरे पनि पण्डित फिर्ता नआएपछि एकाएका पण्डित भागेको खबर आएको थियो । पुजारी भागेपछी पुजा कार्य केही समय रोकेर पुजा कार्य निरन्तरता दिनको लागि स्वर्गद्वरी आश्रम खरेन्द्रपुरबाट पुजारी ल्याई विधिवत पूरा विश्वकर्माले गरेका थिए ।
पुजारी भाग्नु गलत कार्य भएको स्थानिय अगुवाहरुले बताएका छन । गाउँ गाउँबाट छुवाछुत अन्त्य गर्नका लागि स्थानीयहरु लागिपरेका बेला पण्डितहरु दलितमाथि छुवाछूतजन्य व्यवहार गरी पुजा बहिस्कार गर्नु गलत भएको स्थानीय अधिकारकर्मीहरु बताउँछन् । पण्डितहरु पुजास्थालमै यसरी घृणीत कार्य गर्नु कानुनी रुपमा दण्डित गर्नुपर्ने स्थानीय अधिकारकर्मी मेनाज खानले बताए ।
नेपालमा छुवाछुत भेदभाव लगायतको कार्य गर्नु कानुन विपरित भएपनि अहिलेको अवास्थामा यस्तो हुने निकै निन्दनिय कार्य भएको छ । भागेका पुजारीलाई पक्राउ गरी कानुन बमोजिम कार्वाही हुनु पर्ने राम निवास पुरीको तर्क छ ।
आस्थाको कार्य घर पुजामा प्रदेश सभा सद्स्य, वडा अध्यक्ष लगायतको विशिष्ट व्यक्तिहरूको सहभगीतामै पुजारी भागेका थिए । सो घटनालाई समासुन पार्नका लागि कोठे छलफल भैइरहे पनि कानुनी उपचार खोज्न पिडित परिवारले नसकेको स्थानीय अधिकारकर्मीहरुको दावी छ । यस्तो सामाजिक अपराध गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने आम समुदायको माग गरेका छन् भने स्थानीय दलित अधिकारकर्मीहरुले पीडक पण्डितहरुलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank