सांसद पार्वत्ती विशुन्केबाट गण्डकी प्रदेश सांसद कृष्ण थापालाई कारबाहीको माग

दलित डेक्स २५ बैशाख २०७७, बिहीबार २३:१५

काठमाडौं– प्रतिनिधिसभा सांसद पार्वत्ती विशुन्केले गण्डकी प्रदेश क्षेत्र नं २ का सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाबाट सिग्रो सुमदाय र संविधानको अपमान भएको भन्दै कारबाहीको माग गरेकी छिन् ।
दैलेखकी प्रतिनिधिसाभ संघीय सांसद विशुन्केले जातीय विभेदको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट पक्राउ परेकालाई संरक्षण गर्दै उल्टो पिडकहरुको पक्षमा सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सिग्रो सुमदाय र संविधानको अपमान गरेको भन्दै विहिबार साँझ प्रेस विज्ञप्ती जारी गदै कारबाहीको माग गरेकी हुन् । जातीय छुवाछूतलाई बढुवा दिने गरी समुदायको अपमान र संविधानमा लेखिएको कानुनहरुको अपमान सांसद थापाले गरेको भन्दै सत्यतथ्य छानविन गरी कारबाही गर्नुपर्ने विज्ञप्तीमा भनिएको छ ।
समाजमा जातीय छुवाछूतको निहुँमा दिनप्रतिदिन यस्ता घटना घट्दै जानु र कानुनको कार्यान्वयन फितलो हुनुको साथै जनताद्धारा लिखित संविधानको धज्जी उडाएको र समाजवादमा पुग्ने परिकल्पनामा यस्ता खाले सोच र प्रवृत्तिले समाजवादको गन्तव्यमा नपुगेनी भन्दै राज्यले यसको मूल्य चुकाउनुपर्ने विज्ञप्तीमा भनिएको छ ।

प्रतिनिधिसभा सांसद पार्वत्ती विशुन्के जारी प्रेस विज्ञप्तीकाे पूर्ण पाठ 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank