भारतमा कलाकार अरुणा हिङमाङलाई इन्टरनेशनल वमेन आर्टिस्ट अर्वाड

दलित अनलाईन ३ कार्तिक २०७६, आईतवार १८:१७

 

काठमाडौं– नेपालकी कलाकार अरुणा हिङमाङ भारतमा इन्टरनेशनल वमेन आर्टिस्ट अर्वाडबाट सम्मानित भएकी छिन् ।
महात्मा गान्धीको एक सय पचासौँ जन्मजयन्तीको उपलक्ष्यमा भारतको प्रतिष्ठीत इन्टरनेशनल युथ सोसाइटी अफ नेपाल युथ अवारडिज फेडेरेशन अफ इन्डियाद्वारा दिइने विभिन्न विधा अन्र्तगत नेपालबाट ललितकला प्राज्ञ तथा सृजनात्मक महिला समुह नेपालको अध्यक्ष अरुणा हिङमाङले इन्टरनेशनल वमेन आर्टिस्ट अर्वाडबाट सम्मनित भएकी हुन् । हिङमाङसँगै समाजसेवी विधामा रेखा परियार र पवित्रा गौली युवा नेत्रीले पनि पुरस्कार पाएका छन् ।
युनिभर्सल पिस शिर्षकमा एकल कार्यक्रम गरिएको थियो । कलाकार अरुणा हिङमाङले पिस शिर्षकमा आफ्नो एकल चित्रकला प्रदर्शनीमा २५ वटा पेन्टिङ्ग प्रदर्शन गरेकी थिइन् । उक्त कार्यक्रमको उद्घाटन आचार्य गुरु कर्मा टम्पाल, इन्टरनेशनल पिस गुरु रोयल मोनास्ट्री नेपालले गरेका थिए । डा एस एन सब्बा राव, फाउण्डर अफ नेशनल युथ प्रोजेक्ट इण्डिया , डा नरेन्दर जाधव, मेम्बर अफ पार्लियामेन्टका व्यक्तिहरु समेत कार्यक्रमा उपस्थिति भएको थियो । कार्यक्रममा भारतकी मिस इण्डिया सेट्ली सुदले पनि युथ अवार्ड प्राप्त गरिन् ।


कलाकार अरुणा हिङमाङले लामो समयदेखि वमेन इम्पाउवरमेन्ट र वमेन भ्वाइलेन्स विरुद्ध चित्र कोर्ने भएकोले उक्त पुरस्कार उनले प्राप्त गरेकी थिइन् । उनका चित्रहरु हिंसा विरुद्ध भएकोले शिर्षक कार्यक्रम अनुरुप बुद्व, नारी र प्रकृतिका चित्रहरुको प्रदर्शन भएको थियो । प्रदर्शन दुई दिन सम्म चलेको थियो । नेपाल, भारत, बंगलादेश, भुटान, अफगानिस्तान लगायत अन्र्तराष्ट्रिय क्षेत्रमा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई पुरस्कृत गरी सम्मान गरिएका थियो ।
२०२० पर्यटन वर्षको सन्दर्भलाई लिएर कलाकार अरुणा हिङमाङको छैटौँ एकल चित्रकला प्रदर्शनी भारतको दिल्ली गान्धी आर्ट ग्यालरीमा जनवरी ११–१७ सम्म प्रदर्शन हुँदै छ ।  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank