मन्त्री जसमाया गजमेरले भनिन्, ‘मुसहरमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ’

दलित अनलाईन २५ श्रावण २०७७, आईतवार १०:३८

विराटनगर– मोरङको बुढीगंगा गाउँपालिका २ खार्जी गाउँमा मुसहरुमाथि भएको आक्रमणबारे प्रदेश १ सरकारकी समाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले घटनास्थल पुगेर जानकारी लिएकी छन ।
शनिवार जनप्रतिनिधि , अधिकारकर्मी र प्रहरी र राजनैतिक दलका कार्यकर्तालाईसँगै लिएर घटनास्थल पुगेर अवस्था बुझेकी राज्यमन्त्री गजमेरले मध्यरातमा गरिबहरुमाथि आक्रमण गर्नेहरुले कानुन अनुसार कडा सजाय पाउनुपर्नेमा जोड दिइन् ।
टोलमा कायम रहेको त्रासको वतावरण अन्त गराउन लागि पर्न स्थानीय प्रहरी र जनप्रतिनिधिहरुलाई निर्देशन गरिन । मन्त्री गजमेरले मुसहररी टोलमा गरिबी निवारणकालागि चाँडै आत्म निर्भर कार्यक्रम सञ्चालन गराउने र महिला र बालवालिकाहरुका लागि मनोविर्मशमार्फत आवश्यक सहजीकरण गराउने जानकारी पनि गराइन् ।

त्रासमय मुसहरी टोलको अवस्था समान्य बनाउन शनिवार मुसहरी बस्तीमा पुगेका सांसद खेम नेपाली, नेपाली काँग्रेस गाउँ सभापति जीतनारायण थापा , नेकपा मोरङ सदस्य कपिल सृुनार, अधिकारकर्मी उमेश विश्वकर्मा लगायतले घटनामा संलग्न फरारहरुलाई पनि पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
बुढीगंगा गाउँपालिका अध्यक्ष वालचन्द्र माझीले घाइते परिवारलाई आवश्यक राहत प्रदान गर्ने प्रतिवद्धता गरे । मन्त्री गजमेर शनिवाररै बुढीगंगा २ टंकी स्थित विराट मेडिकल कलेज अस्पतालमा उपचाररत घाइतेहरुलाई प्रत्यक्ष भेटेर उपचारको अवस्थावारे जानकारी लिएकी थिइन ।
स्थानीय बैजनाथ यादवको परिवारसँग बाटोमा खनिएको खाल्डोको विवादलाई लिएर १९ साउन राति विराटनगर १४ जतुवाबाट हातहतियार सहित गएको गुण्डाहरुको समुहले मुसहरहरुमाथि अन्धाधुन्ध आक्रमण गरेको थियो ।

आक्रमणमा परेर ५० वर्षीय सरस्वती ऋषिदेव र उनका भाइहरु क्रमश ४० वर्षीय पन्नाालाल ३८ वर्षीय चुन्नीलाल ३५ वर्षीय रामजी र ३३ वर्षीय श्याम ऋषिदेव गम्भिर घाइते भएका छन । दीदी सरस्वतीको तरवारले छातीमा काटेको छ भने घाइते भाइहरु को टाउको , गर्धन , आँखा निधार र शरिरमा गहिरो चोट लागेको छ । स्थानीय जनप्रतिनिधि र पार्टी नेताहरुको सहयोगमा उनीहरुको बुढीगंगा २ टंकीमा रहेको विराट मेडिकल कलेज अस्पतालमा उपचार भैरहेको छ । दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने उनिहरुको उपचारमा नेपाली काँग्रेस गाउँ सभापति जितनारायण थापा , नेकपा मोरङ सदस्य कपिल सुनार , स्थानीयवासी केशव गिरी , ज्योती गिरी लगायतले सहयोग गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank