रवि ओड नेपाल आइडलको ‘टप फोर’मा, बाहिरिए अमित बराल

दलित अनलाईन २१ मंसिर २०७५, शुक्रबार २३:०९

काठमाडौं -एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल-२ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन्।

शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए। बिहीबारको कार्यक्रममा उनले ‘कहिले आउँछ होला त्यो दिन’ बोलको गीतमा स्वर दिएका थिए।

बरालले नेपाल आइडलका पछिल्ला कार्यक्रममा दमदार प्रस्तुति दिएर सबैको मन जितेका थिए। अघिल्लो इपिसोडमा पुस्पन प्रधानको स्वरमा रहेको ‘पन्छी’ बोलको गीत गाएपछि उनको लोकप्रियता चुलिएको थियो। पुस्पनले आफ्नो गीतको विधाता नै अमित भएको भन्दै कार्यक्रममा उद्घोष गरेपछि उनको चर्चा बढेको थियो।

कार्यक्रमका अतिथिका रूपमा चलचित्र निर्देशक नीर शाह र गीतकार दिनेश अधिकारी उपस्थित थिए। अतिथि कलाकारका रूपमा चलचित्र ‘सु श्री सम्पत्ति’का कलाकार सलोन बस्नेत र सारा सिर्पाइली तथा चलचित्र निर्देशक सुव्रत आचार्य उपस्थित थिए ।

निकै सुमधुर आवाजमा ‘पर्खिबसँे’ बोलको गीत गुनगुनाउँदै कार्यक्रमको दैलो उघारे सुमित पाठक र दीपराज खत्रीले। शुक्रबारको कार्यक्रममा प्रतियोगीलाई साथ दिन टप ट्वान्टीभित्र परेका केही प्रतिस्पर्धी मञ्चमा उपस्थित थिए। ‘बोल बोल’ बोलको गीतमा आफ्नो प्रियलाई बोल्न अनुरोध गर्दै मञ्चमा देखा परिन् अस्मिता अधिकारी र स्वस्तिका ढकाल। उनीहरूको आवाजमा सबैजना झुमिरहेका थिए।

‘आँखामा कसैको तस्बिर’ भन्ने गीतमा रोमान्टिक हाउभाउका साथ उपस्थित थिए, रवि ओड र सुमन परियार। शुक्रबारको कार्यक्रममा सबैजनालाई गीतको ‘लिरिक’ बिगारेको आरोप लागेको थियो। यस्तै ‘मेरी वसन्ती’ बोलको निकै पुरानो गीतमा आफ्नो दमदार आवाज दिएका थिए, विक्रम बराल र मिलन परियारले। उनीहरू पनि जजको मन जित्न सफल भए।

सबैको प्रस्तुति अब्बल छ नेपाल आइडलमा। सबैलाई उपाधि चुम्ने हतारो छ। अबको केही हप्तामै नेपालले नेपाल आइडलको विजेता पाउँदैछ।

यो सँगै नेपाल आइडलको ‘टप फोर’ मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको छ । रवि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी ‘टप फोर’ मा पुग्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank