दलित युवतीको बसको ढोका थुनेर पाँच जनाद्वारा सामूहिक बलात्कार

दलित अनलाईन १६ आश्विन २०७६, बिहीबार १४:०३

काठमाडौं– धरानबाट बेलबारी हिँडेकी एक दलित युवतीलाई सुनसरीमा यात्रुबाहक बसको ढोका थुनेर पाँच जनाद्वारा सामूहिक बलात्कार गरेका छन् ।
असोज १३ गते बेलुका धरानबाट को १ ख ४६२७ नम्बरको यात्रुबाहक बस सुनसरी इटहरी ल्याएर मदिरा सेवन गराई सामूहिक बलात्कार गरेका हुन् ।
सुष्मा विक (नाम परिर्वतन )को स्वास्थ्य परीक्षणपछि घर फर्किएकी छन् । प्रहरीले पीडित सुष्माको बयानपछि १३ गते नै चार जना पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए । एक जना पक्राउ पर्ने सकेका छैनन  ।
कसरी भयो
असोज १३ गते बेलुका धरानबाट को१ख ४६२७ नम्बरको यात्रुबाहक बस छुट्यो । यात्रुबाहक बसको अन्तिम सिटमा एक युवती थिइन् । विराटनगरतर्फ छुटेको बसले इटहरी तथा त्यसपूर्व जाने यात्रुहरू बोकेको थियो । इटहरी आएपछि चोकमा यात्रु उर्तायो । धरान घर भएकी युवती बेलबारी आफन्तको घर हिँडेकी थिइन् । बस विराटनगर हिँडेको हुनाले त्यहीँ ओर्लिन खोजिन् । अन्तिम सिटमा रहेकी बसेकी ती २२ वर्षीया किशोरीलाई भने बसका कर्मचारीले ओर्लिन दिएनन् । ढोकामा बसका कन्डक्टर सुमन मग्राती, आशिक कार्की र पुराना कन्डक्टर नितेश घिमिरेले रोके। ढोका बन्द गरे । उनलाई ओर्लिन दिएनन् । उनीहरूले युवतीलाई बोल्न दिएनन् । धम्क्याए। चालक विकास कसाईले गाडी तीब्र गतिमा हुइँक्याए । सुनसरी इटहरी उपमहानगरपालिका(१० स्थित उक्त पेट्रोल पम्मभन्दा केही पर रोके। मदिरा सेवन गराए र सामूहिक करणी गरे ।
प्रहरीको गस्तीले बलात्कारी पक्राउ परे


प्रहरीका अनुसार त्यतिबेला साढे राति ९ बजिसकेको थियो । करणीपछि ‘कसैलाई भने मारिदिन्छौं’ भनी युवतीलाई छोडिदिए । बलात्कारीको पन्जाबाट छुटेपछि युवती रुँदै पेट्रोल पम्पबाट उत्तरतर्फ लागिन् । रातको समय, बस रिक्सा खासै थिएनन् सडकमा । संयोग, त्यहीबेला सडकमा प्रहरीको मोबाइल गस्ती भेन दक्षिणतर्फ दौडिरहेको थियो । उनले भेनलाई रोक्न इसारा गरिन् । आफूमाथि घटना सुनाइन् । घटनाको प्रारम्भिक जानकारी भेनका प्रहरी घटनास्थलतर्फ हिँडे । प्रहरी टोलीले उल्लेखित चारै जनालाई राति नै पक्राउ परे ।

पक्राउ पर्नेहरूमा सुन्दर हरैंचा नगरपालिका(१२ का चालक विकास कसाई, झापा सुरुङ्गा नगरपालिका(४ का सुरज थापा, सिरहा लहान नगरपालिका(४ का सुरेन्द्र भुलेज, बेलबारी नगरपालिका(७ का आशिष कार्की छन् । उनीहरूलाई घटना भएको केही समयमै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।
मग्राती, बेलबारी नगरपालिकाका नितेश घिमिरे फरार भएको भण्डारीले बताए । युवतीलाई कसाई, घिमिरेसमेत पाँच जनाले सामूहिक करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । जबरजस्ती करणी हुँदा आशिष कार्कीले सहयोग गरेको खुलेको भण्डारीले बताए ।
मुलुकी अपराध संहिता के भन्छ ?
मुलुकी अपराध संहितामा जबरजस्ती करणीमा पीडितको उमेर हेरेर सजाय तोक्ने प्रावधान छ । दस वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिला भए पीडकलाई जन्मकैद सजाय हुने प्रावधान छ । दस वर्ष वा सोभन्दा बढी तथा चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदखि बीस वर्षसम्म सजाय, चौध वर्ष वा सोभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्रदेखि चौध वर्षसम्म, सोह्र वर्ष वा सोभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी युवती भए दसदेखि बाह्र वर्षसम्म र अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी युवती वा महिला भए सात वर्षदेखि दस वर्षसम्म सजाय हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank