बारेकोट गाउँपालिका ४ को दलित बस्ती पहिरोमा पुरियो, ४ जनाको मुत्यु ,८ जना बेपत्ता

दलित अनलाईन २६ असार २०७७, शुक्रबार १३:३९

काठमाडौं- जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीगाउँमा गएराति पहिरोले दुई घर बगाउँदा ४ जनाको मुत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।
मुत्यु भएका ४ जनाको अझै नाम  खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी र स्थानीय निकायको प्रतिनिधिसहितको टोली पुगेपनि भारी वर्षाका कारण सम्र्पकमा समस्या भएको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले दलित अनलाइन लाई जानकारी दिए ।
बेपत्ता हुनेहरुमा ५२ वर्षीय गोपाल सार्की , उनकी ५० वर्षीया श्रीमती पुष्षा सार्की , १३ वर्षीया छोरी लक्ष्मी सार्की , ११ वर्षीय छोरा अर्जुन सार्की रहेका छन् ।
अर्को घरका कालु सार्की उनकी ११ वर्षीया छोरी कमला सार्की , ६ वर्षीय छोरा सुभास सार्की रहेका छन् । त्यस्तै पाहुना आएका कुशे गाउँपालिका ९ चौताराका २० वर्षीय डिल्ली सार्की , १४ वर्षीया गौरी सार्की ,१६ वर्षीया कविता सार्की,१८ वर्षीय बीरेन्द्र सार्की वेपता भएको बारेकोट गाउँपालिका वडा ४ का सचिव गोविन्द पुनले जानकारी दिए । त्यसैगरी वडा नं.५ को खर्क तेलचउरे स्थित धान खेत पहिरोले पुरेको नेपाली कांग्रेसका जाजरकोटका सचिव खड्क विसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank