साढे चार लाख रुपैयाँ पीडितलाई बुझाएपछि साह छुटे

दलित अनलाइन असार २, २०८३

काठमाडौं — साढे ४ लाख रुपैयाँ पीडितलाई बुझाएपछि चर्चित सेफ सन्तोष साह रिहा भएका छन्।

ठगी मुद्दामा पक्राउ परेका उनले पीडित पक्षलाई चेकबमोजिमको रकम बुझाएपछि सोमबार बेलुका रिहा गरिएको प्रहरीले जनाएको छ। साहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत शुक्रबार राति जनकपुरबाट पक्राउ गरी काठमाडौँ ल्याएर हिरासतमा राखेको थियो।

Global IME bank

काठमाडौँको गैरीधारामा रेस्टुरेन्ट किन्दा उनले शकुन्तला अधिकारी थापालाई रकम नभएको बैंक खाताको चेक दिएको आरोप थियो। सोही आरोपमा थापाले २५ लाख रुपैयाँको चेक अनादर मुद्दा दायर गरेकी थिइन्।

उक्त मुद्दामा अदालतले साहलाई दोषी ठहर गर्दै २५ लाख रुपैयाँ बिगो भराउने फैसला गत वर्ष जेठमै गरेको थियो। उनलाई जिल्ला अदालत काठमाडौँले एक महिना कैद र एक लाख २५ हजार रुपैयाँ जरिवाना पनि सुनाएको थियो।

तर अदालतले दोषी ठहर गरेर कैद र जरिवाना तोक्दा पनि साह भने उपस्थित थिएनन्। पीडितले पुनः ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank