जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा जीवन खातीको दावी

दलित अनलाईन ८ भाद्र २०७६, आईतवार ०९:१८

पोखरा– कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा जीवन खातीले  अध्यक्षमा दावी गरेका छन । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड सदस्य भएर काम गरिसकेका खातीले समितिको अध्यक्षमा दावी गरेका हुन् ।
वर्तमान अध्यक्ष यामबहादुर गुरुङको चार वर्षीय कार्यकाल साउन १२ देखि सकिएपछि कास्की जिल्ला खेलकुद विकास समिति नेतृत्वविहीन छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) पोखरामा पनि हुने भएपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेका बेला खातीले नेतृत्वमा दावी गरेका हुन् ।
दलित अनलाइन डटकमसँग कुरा गर्दै खातीले क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड सदस्य रहँदा आर्जन गरेको अनुभव र आगामी दिनमा पनि खेलकुदको विकासको लागि केही गर्ने उद्देश्यका साथ नेतृत्वमा आफ्नो दावी रहेको बताए ।
‘गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकीय दृष्टिकोणले मात्रै नभई खेलकुदको राजधानीका रुपमा चिनिन्छ । यस कुरालाई अझै सार्थक रुप दिन र अनुभवलाई नेतृत्वमा पुगेर काम गर्न मैले अध्यक्षको दावी गरेको हुँ’, उनी भन्छन् ।
खातीले उसु, बक्सिङ, शारीरिक सुगठन लगायतका क्षेत्रीय प्रतियोगिताको संयोजक भएर समेत काम गरिसकेका छन् । अखिल नेपाल खेलकुद महासंघको केन्द्रीय सचिव तथा गण्डकी प्रदेशको पूर्व संयोजक रहेका उनी तेक्वान्दो खेलको प्रशिक्षक तथा खेलाडी समेत हुन् ।
खातीले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको बोर्ड सदस्य हुँदा हाल सञ्चालित पोखरा रंगशालाको बहुउद्देश्यीय कवर्डहल र रंगशालाभित्र अन्तर्ररष्ट्रिय स्तरको चेन्जिङ रुम, लामाचौरस्थित गोस्थेघाट खेलमैदान, मालेपाटनस्थित बाराही स्कुलको खेलमैदान, भण्डारढिक रंगशालाको स्तरोन्नती लगायत खेलकुदको विकासका लागि थुप्रै कामहरु गरेका छन् ।
उनले पछिल्लो समय देशमा बढ्दो महिला हिंसा बढिरहदा सरकारी विद्यालयमा छात्राहरुको लागि आत्मरक्षाका लागि आत्मरक्षा तालिमको निशुल्क रुपमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् ।
जुन तालिम गण्डकी प्रदेशका सरकारी विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई प्रदान गर्ने गरि प्रदेश राजधानी पोखराका सरकारी विद्यालयबाट शुरु गरिएको छ ।
पूर्व माआवादी पार्टीका केन्द्रिय सदस्य, वाइसियल नेपाल कास्कीको पूर्व सहसचिव तथा हाल नेकपाको जिल्ला कमिटी सदस्य समेत रहेका उनी पार्टीका स्पष्टवक्ता, शालिन तथा इमान्दार र सामाजिक व्यक्तित्वका रुपमा चिनिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank