खेलाडी चन्द्रकला लाम्गादे कुटपिटमा संलग्न दम्पती पक्राउ

दलित अनलाईन १२ भाद्र २०७७, शुक्रबार १०:०३

काँकडभिट्टा— एथलेटिक्सकी राष्ट्रिय खेलाडी चन्द्रकला लाम्गादेलाई जातीय दुर्व्यवहार गर्दै निर्घात कुटपिटमा संलग्न झापा मेचीनगर–१३ चारआलीका दुर्गाबहादुर श्रेष्ठ र उनकी पत्नी विष्णुलाई प्रहरीले पक्राउ परेका छन् ।

लाम्गादेलाई जातीय गालीगलौज गर्दै श्रेष्ठ दम्पतीले सोमबार राति निर्घात कुटपिट गरेका हुन् । कुटपिटका कारण ७ महिनाकी गर्भवती लाम्गादे अस्पताल भर्ना भएकी छन् । इलाका प्रहरी कार्यालय धुलाबारीले कुटपिटमा संलग्न दम्पतीलाई मंगलबार राति पक्राउ गरी कानुनी प्रकृया अघि बढाएको छ । इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाश चौधरीले संलग्नलाई जातीय छुवाछूत तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको जनाए । इन्स्पेक्टर चौधरीले भने, ‘अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं ।’

यसैबीच झापाका दलित अधिकारकर्मीको एक टोलीले बुधबार प्रहरी इन्स्पेक्टर चौधरीलाई भेटी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कडा कारबाही गर्न माग गरे। अधिकारकर्मी हुकुमसिंह नेपालीले जातकै कारण राष्ट्रिय खेलाडी लाम्गादे र उनका पति सुमन खातीमाथि सांघातिक आक्रमण भएको भन्दै दोषीलाई कडा कारबाहीका लागि माग गरे । अधिकारकर्मी सुरेश बराइलीले जातकै कारण घटना भएको भन्दै दोषीलाई जातीय छुवाछूत तथा कसुर सजाय ऐन २०६८ मा तोकिएअनुसार कारबाहीको माग गरे ।

श्रेष्ठले छिमेकी राजन दर्जीलाई जातीय गालीगलौज गर्दै कुटपिट गरेपछि उनी गुहार माग्दै चन्द्रकलाको पसलमा आएका थिए । उनले जातीय दुर्व्यवहार किन गर्नुभएको भनेपछि श्रेष्ठ दम्पती उनीमाथि जाइलागेका थिए ।

ताप्लेजुङकी लाम्गादे नेपाल प्रहरीकी एथलेटिक्स खेलाडी हुन् । गर्भवती उनलाई कोरोना संक्रमणका कारण विभागले इलाका प्रहरी कार्यालय धुलाबारीमा हाजिर गर्ने गरी काज विदामा राखेको थियो । उनीहरू चारआलीमै सामान्य होटल सञ्चालन गरेर बसेका थिए । कुटपिटका कारण घाइते उनको बिर्तामोडको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank