जात व्यवस्थाको सन्दर्भमा अम्बेडकर र मार्क्सवाद

रामलाल विश्वकर्मा ५ भाद्र २०७६, बिहीबार २१:२४

रामलाल विश्वकर्मा

पछिल्लो समयमा आएर भारतमा जस्तै नेपालमा पनि अम्वेडकरवादी अभियान चलेको देखिन्छ । दलित समुदायको पूर्ण एवं वास्तविक मुक्ति जो उनको मुख्य सपना थियो र पूरा जीवन त्यसैको लागि समर्पित रहे, नेपालमा त्यसको समिक्षा, मूल्याङ्कन र  विश्लेषण–संश्लेषण  मार्क्सवादी कोणबाट अनिवार्य भैसकेको छ । अम्बेडकरको विचार पूर्ण सत्य छन् यसलाई कोट्याउनु हुन्न भन्यौं भने त्यो दलित आन्दोलन र स्वयं अम्बेडकरका लागि अन्यायपूर्ण, अवैज्ञानिक र दुर्भाग्यपूर्ण हुन जान्छ ।
अम्बेडकर जातीय विभेद एवं छुवाछूतको मूल श्रोत हिन्दु धर्मलाई मान्थे । उनले पछिल्लो समयमा आएर आर्य समाज र धर्म सुधारको कुरा गरे । सन् १९४८ मा कानून मन्त्रीको हैसियतले डा. अम्बेडकरले संविधानसभामा चर्चित हिन्दु कोड बिल प्रस्तुत गरे । अथक प्रयत्नका बावजूद यो विधेयक पास गराउन नसकेपछि अम्बेडकरले नेहरु मन्त्रीमण्डलबाट राजीनामा दिनु परेको थियो । Annihilation of Caste (जातको विनाश ) नामक रचनामा उनले दलित मुक्तिका लागि हिन्दु धर्म सुधार, जात व्यवस्थाको अन्त्य त्यसका लागि धर्मशास्त्र माथि ‘डाइनामाइट’ लगाउने सम्मका कुरा सविस्तार चर्चा गरेका छन् । अन्तरजातीय विवाहलाई उनले छुवाछुत अन्त्य र सामाजिक–सांस्कृतिक अन्तरघुलनको उत्तम उपायको रुपमा अगाडि सारेका छन् ।
धर्म जनताका लागि अफिम हो र राज्य एउटा वर्गले अर्को वर्गमाथि दमन गर्ने हतियार हो र साम्यवादमा गएर राज्यको विलोपिकरण हुन्छ भन्ने माक्र्सको विचार प्रति अम्बेडकरको विमति रहेको छ । बरु उनी मानव जीवनमा धर्म अनिवार्य ठान्छन् । ऐतिहासिक भौतिकवादी कोणबाट भन्नु पर्दा क्रान्ति भनेको विद्यमान व्यवस्थामा मानव जातिको सर्वाङ्गीण विकासको बाटोमा अवस्थित अवरोधलाई पत्ता लगाई पन्छाउने तथा उत्पादनका साधनहरुलाई अर्को उच्च चरणमा गुणात्मक रुपले रुपान्तरण गर्ने एउटा विधि हो । त्यसैले, माक्र्सका अनुसार हिंसा इतिहासको धाई हो । तर, अम्बेडकरले माक्र्सवादको त्यही हिंसाको पक्षलाई अस्वीकार गरे । जनताको चेतना परिपक्व नभएसम्म हिंसाको बलमा पुरानो राज्यसत्तनलाई फाल्नु कठिन हुने र यदि फालेपनि उनले त्यो टिकाउ नहुने बताए । उनले थप भने भारतीय समाजमा हजारौं वर्ष देखि जरा गाडेर बसेको जात र वर्णव्यवस्थाका कारण त्यहाँ माक्र्सवादको पाश्चात्य वर्गीय चेतना निर्माण, एकता र वर्गसंघर्ष कठिन रहेको छ । मस्तिष्क र मनको मुक्ति जनताको राजनैतिक विस्तारको लागि पहिलो आवश्यकता हो भन्दै उनले अगाडि थपे, “जातीय विभाजन भनेको श्रमको मात्र विभाजन होइन यो श्रमिकको पनि विभाजन हो । त्यसैले यहाँ वर्गसंघर्ष सफल बनाउने हो भने पहिला जातको अन्त्यको लागि संघर्ष गर्न जरुरी छ ।”  त्यसैले, वर्गसंघर्षको क्रान्तिकारी एजेण्डामा अघि बढ्नु भन्दा पहिला भारतमा वर्ण व्यवस्था र जातको अन्य गर्नु पर्ने कुराको वकालत गरे ।

हिन्दु धर्म सुधार, जात व्यवस्थाको अन्त्य त्यसका लागि धर्मशास्त्र माथि ‘डाइनामाइट’ लगाउने सम्मका कुरा सविस्तार चर्चा गरेका छन् । अन्तरजातीय विवाहलाई उनले छुवाछुत अन्त्य र सामाजिक–सांस्कृतिक अन्तरघुलनको उत्तम उपायको रुपमा अगाडि सारेका छन् ।

अम्बेडकरको जीवनको महत्वपूर्ण देन भनेको धर्म सुधार, संविधान र कानून निर्माण नै हो । तर पछिल्लो समयमा आएर उनी आफैले बनाएको संविधान प्रति सन्तुष्ट हुन सकेनन् ।  संविधानमा उत्पीडित र दलित समुदायको पक्षमा जे जति अधिकार राख्न सफल भए त्यस पछि कार्यान्वयनको चुनौति देखियो । र उनी भन्न बाध्य भए, “यदि यो संविधान जसको लागि बनाइएको हो त्यसको हितमा यो लागू हुन सकेन भने यो संविधान जलाउने म नै त्यो पहिलो व्यक्ति हुनेछु । लखनउ विश्वविद्यालयमा एउटा सभालाई सम्बोधन गर्दै अम्बेडकरले भनेका थिए कि यदि भारतका दलित र उत्पीडितहरुको उत्थानको लागि कुनै ध्यान नदिइएमा आफू कम्युनिष्ट सँग सहकार्य गर्न बाध्य  हुने र त्यो देश र लोकतन्त्रका लागि दुर्भाग्य हुने बताएका थिए । यस्तै,  ‘राजनीति विज्ञानीहरुको संसद’ जलन्धरलाई सम्बोधन गर्ने क्रममा उनले भनेका थिए कि यदि भारतमा लोकतन्त्र असफल भएमा त्यसको स्थान विद्रोह, अराजकता र साम्यवादले लिनेछ । सन् १९५६ काठमाण्डौमा विश्व बौद्ध सम्मेलन समापन सत्रमा अम्बेडकरले बौद्धमार्गीहरुलाई चेतावनी दिदै भने, “कम्युनिष्ट जीवन पद्धतिले दिएको भन्दा अझ राम्रो पद्धति बुद्ध धर्मले दिएको थियो भन्ने कुरा बुद्धधर्मी देशका नयाँ पुस्ताले मूल्याङ्कन गर्न सकेनन् भने बुद्ध धर्मको पतन हुनेछ ।” र उनले एकपटक त यहाँसम्म भनेका छन् कि यदि यावत समस्याहरुको समाधान बुद्ध धर्मले दिन सकेन भने पूरा बिश्व साम्यवादी बाटोमा अघि बढ्नेछ ।
अम्बेडकरका विचारहरु घटनापिच्छे फेरिएका छन् । यो अर्थमा हेर्दा उनी व्यवहारवादी र प्रयोगवादी देखिन्छन् । उनका अधिकांश गतिविधिहरु शहरिया शिक्षित बुद्धिजीवीमा केन्द्रित थिए । दलितका लागि उनी कहिले छुट्टै निर्वाचन क्षेत्रको कुरा गर्छन्, कहिले आरक्षित सिटको कुरा गर्छन्, । हिन्दु धार्मिक, जातीय एवं आर्थिक संरचना र संस्कृतिका कारण मुख्यतः गाउँ केन्द्रित जमीनको सम्बन्धका कारण उनले दलित हरुको छुट्टै बसोबासको व्यवस्था गर्ने सम्मको कुरा उठाएका छन् भने कहिले दलितहरु गाउँ छोडेर शहर जानुपर्ने कुरा उठाएका छन् । भारतीय स्वतन्त्रता आन्दोलनको बेला दलित मुद्दा सम्बोधन नभएसम्म स्वतन्त्रताको अर्थ छैन् भन्दा अङ्ग्रेजहरुको पक्षमा भएको भनी उनको चर्को आलोचना समेत भएको थियो ।  आफ्नो जीवनको उत्तरार्धमा आएर उनले संसदीय लोकतन्त्रमा एउटा बलियो विपक्षी पार्टीको आवश्यकता महसुस गरेर “रिपब्लिक पार्टी आव इण्डिया” स्थापनाको परिकल्पना र तयारी गरे तर उनको असामयिक निधनका कारण त्यो काम पछि सन् १९५७ मा ‘अनुसूचित जाति संघ’ लाई काटछाँट गरेर बि.के. गायकवाडको नेतृत्वमा मात्र स्थापना हुन सक्यो ।  भारतीय काँग्रेस पार्टीको फुटाएर राज गर्ने नीति, स्पष्ट विचारको अभाव र नेतृत्वमा देखा परेको निम्न पुँजीवादी अवसरवादी प्रवृत्तिका कारण सो पार्टी सन् ७० को दशक सम्म आउँदा ७ वटा गुटमा विभाजित भयो । यसको एउटा धार पछि गएर काँशीरामको नेतृत्वमा संसदीय चुनावी पार्टीमा सीमित हुन पुग्यो भने यस बाट अलग भएका युवा विद्रोही समूहले ‘दलित प्यान्थर्स’ को नामले छिटपुट सशस्त्र गतिविधि गरेता पनि पछि हराएर गयो । यद्यपि काँग्रेसको सहयोगमा संविधान मस्यौदा समितिको अध्यक्ष र कानून मन्त्री भएर विचार र सिद्धान्त बिनाको अवसरको राजनीतिको विजारोपण स्वयं अम्बेडकरले गरेका थिए । अझ अर्को शब्दमा भन्नु पर्दा भारतीय संविधान निर्माताको रुपमा अम्बेडकरलाई अगाडि सारेर सामन्त तथा पुँजीवादी नेतृत्व वर्ग (गान्धी र नेहरु) ले दलित समुदायलाई सदाका निम्ति दलित बनाई राख्ने व्यवस्था र संविधान निर्माण गरे । सन् १९५२ को आम चुनाव र १९५४ को उपचुनावमा हारे पछि अम्बेडकर आफ्नै नीति–कार्यक्रम र कार्यशैलीको समीक्षा गर्न बाध्य भए । गौतम बुद्ध, सन्त कबीर र ज्योतिबा फुलेको छुवाछूत विरोधी विचार र कार्यबाट प्रभावित उनी सन् १९२५ पछि मात्र राजनीतिक गतिविधिमा सक्रिय भएका थिए । सन् १९२७ को ‘महाड सत्याग्रह’, द्धारा दलित समुदायलाई समान नागरिक अधिकार,  १९३२ मा दलित समुदायका लागि छुट्टै आरक्षित सिटको व्यवस्था र संविधान निर्माण उनको जीवनकालका महत्वपूर्ण कामहरु हुन ।  निसन्देह, जीवनको उत्तरार्धमा अम्बेडकर आफूले जीवन पर्यन्त गरेको संघर्षको अनपेक्षित परिणाम देखेर निराश भएका थिए । उनले राजनीतिक पार्टीको माध्यमबाट आफ्नो अधिकार प्राप्तिको संघर्षलाई अगाडि बढाए पनि त्यो त्यति प्रभावकारी हुन सकेन ।  उनको स्वतन्त्रता, समानता र भाईचारामा आधारित आदर्श राज्यको परिकल्पना, संवैधानिक र कानूनी माध्यमबाट हिन्दु धर्म र समाज सुधारको प्रयत्न विफल भएपछि बुद्ध धर्मको शरणमा जानु उनको निराशाकै कदम मान्न सकिन्छ ।  स्वतन्त्रता, समानता र भातृत्व सहितको आदर्श राज्य सम्वन्धी अम्बेडकरको सिद्धान्त उनले बुद्धको शिक्षाबाट लिएको भनिएता पनि यसको श्रोत फ्रान्सेली क्रान्तिको हो जो पछि गएर यूरोपीयन उदार बुर्जुवावर्गको सैद्धान्तिक आधार बन्यो ।
एकातिर उनी धर्मलाई आवश्यक ठान्छन् भने अर्को तिर संसारमा कुनै पनि कुरा स्थिर छैन् भन्ने आध्यात्मवाद र धर्मविरोधी कुरा गर्छन । अम्बेडकरका यी विचारहरु गौतम बुद्धबाट प्रभावित भएको देखिन्छ । यसको जोड उत्प्रेरणा, नैतिक शिक्षा र प्रेमको माध्यमबाट मान्छेको विचार र मन परिवर्तन गरेर आफ्नो कुरा लागु गराउने भन्ने थियो । यसले थप वैज्ञानिक एवं निरन्तर विकासको माँग गथ्र्यो जुन हुन नसक्दा कालान्तरमा आएर त्यो जड धार्मिक सूत्रको रुपमा सीमित हुन गयो । यो दृष्टिले हेर्दा उनी माक्र्स भन्दा धेरै पछाडि र अवैज्ञानिक छन् । यसो हुनमा उनलाई उनको आदर्शवादी दृष्टिकोणले प्रभाव पार्याे । अम्बेडकरका विचार बेलायतको फेबियन समाजको विचारबाट प्रभावित रहेको देखिन्छ । फेबियन समाजले क्रान्तिविना लोकतान्त्रिक समाजवाद निर्माण गर्ने वकालत गर्दछ ।
भारतमा संसदीय व्यवस्था र आरक्षण असफल सिद्ध भैसकेको छ । अम्बेडकरको दलित मुतिको तरिका पनि सफल हुन सकेन । त्यसकारण अम्बेडकरको विचारलाई हुबहु नेपालमा प्रचार गर्नु वा स्थापित गर्न खोज्नु भनेको असफल भैसकेको, बासी र पुरानो विचार नेपालमा लादेर देश जनतालाई ५० वर्ष पछाडि धकेल्नु हो । यो त स्वयं अम्बेडकरका निम्ति पनि अन्याय हुन जान्छ । सही र न्यायपूर्ण के हुन्छ भने उनको जीवन र कामको सही मूल्याङ्कन गरेर राम्रो कामको अनुशरण र गलत कुराको परित्याग गर्नु पर्दछ ।

अम्बेडकरको दलित मुतिको तरिका पनि सफल हुन सकेन । त्यसकारण अम्बेडकरको विचारलाई हुबहु नेपालमा प्रचार गर्नु वा स्थापित गर्न खोज्नु भनेको असफल भैसकेको, बासी र पुरानो विचार नेपालमा लादेर देश जनतालाई ५० वर्ष पछाडि धकेल्नु हो ।

मार्क्स र अम्बेडकरका बीचमा तुलना हुनै सक्दैन । माक्र्स कम्युनिष्ट र अम्बेडकर कट्टर कम्युनिष्ट विरोधी । यी दुई अलग अलग सिद्धान्त र विचारधाराका व्यतिm हुन् । अम्बेडकर पूँजीवादी विचार र व्यवस्थाको वकालत गर्थे । आजको विश्वका यावत समस्याहरु पूँजीवाद र वैज्ञानिक समाजवाद मध्ये कुन विचारले समाधान गर्छ भन्ने कोणबाट बहस गर्न जरुरी छ । दक्षिण एशिया विशेषगरी भारत र नेपालमा विद्यमान दलित समस्या वर्गीय समस्याकै एउटा भिन्न रुप हो । मार्क्सवादले संसारका सबैखाले शोषण, उत्पीडन र विभेदको अन्त्य उत्पीडित वर्गको राज्यसत्ता निर्माण सँग जोडेर हेर्नु पर्ने कुरा गरेको छ । अम्बेडकरले राज्य सम्वन्धी धारणामा आफू कम्युनिष्टको साम्यवादी लक्ष्यमा धैरै कुरामा सहमत रहेको र विमति त्यसलाई प्राप्त गर्ने तरिकामा रहेको बताएका छन् । ब्राह्मणवाद विरुद्धको लडाई लाई धार्मिक आवरणबाट निकालेर राजनीतिक तहमा उठाउने पहिलो व्यक्ति निसन्देह अम्बेडकर थिए । सम्भवतः आजको परिस्थितिमा यदि अम्बेडकर जीवित भैदिएको भए उनी माक्र्सवादी अर्थात कम्युनिष्ट हुन्थे होला । जात व्यवस्था पनि शोषण, उत्पीडन र विभेद अर्थात वर्गीय उत्पीडनकै अर्को रुप भएकाले यसको समाधान समग्र वर्गीय मुक्ति आन्दोलन भन्दा पृथक राखेर हेर्न सकिंदैन । आज ब्राह्मणवाद विरुद्ध लड्न साम्राज्यवाद सँग लड्नु पर्ने हुन्छ । आज ब्राह्मणवाद, सामन्तवाद, पूँजीवाद र साम्राज्यवाद एकिकृत भएर आएका छन । यसलाई परास्त गर्नको लागि माक्र्सवाद–लेनिनवाद–माओवादले मात्र पुग्दैन । अब हामीले पनि एकिकृत तरिका अवलम्बन गर्नुपर्दछ । र वर्गसंघर्ष सँग जातीय मुतिm आन्दोलनलाई सँगसँगै अघि बढाउनु पर्दछ । माक्र्सवाद जन्मिनु भन्दा पहिला पनि संसारमा शोषण र अन्यायका विरुद्ध विद्रोह र संघर्ष नभएका होइन् । तर ती सबै एक्ला एक्लै भएका थिए । पहिलो चोटि माक्र्सले “संसारका मजदूरहर एकजुट हौै । ” भन्ने नारा दिएर सबै शोषित–पीडित जनतालाई एकताबद्ध भएर संघर्ष गर्ने बाटो देखाउनु भयो । आजको दुनियामा  सबैखाले शोषण र विभेदबाट मुतिmको एकमात्र बाटो एकिकृत कम्युनिष्ट क्रान्ति हो र उत्तम व्यवस्था “वैज्ञानिक समाजवाद” हो ।

-लेखक राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank