नागरिक मार्चमा प्रहरीको हस्तक्षेप [तस्बिरहरु]

दलित अनलाईन १२ माघ २०७७, सोमबार २०:५४

अब तेस्रो जनआन्दोलनको सुरुवात

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध प्रधानमन्त्री निवास बालुवाटार अघि निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ ।
बृहत नागरिक आन्दोलनको आहृवानमा कमलपोखरी बचाउ अभियानका अभियान्ताहरुबाट माटोको टीका लगाएर निकालिएको नागरिक मार्च बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट नारायण वाग्ले, मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेशलगायत दर्जनौँ अभियन्ता घाइते भएका छन् ।

प्रतिगमनविरुद्ध प्रदर्शन गरिरहेका नागरिक अभियन्ताले अब तेस्रो जनआन्दोलनको सुरुवात भएको घोषणा गरेका छन्। प्रहरीले बल प्रयोग गरेपछि पुनः एकत्रित भएका अभियन्ताहरुलाई सम्बोधन गर्दै लेखक तथा पत्रकार नारायण वाग्लेले शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रशासनले जसरी दमन ग¥यो, त्यसले गर्दा अब तेस्रो जनआन्दोलन सुरु भएको बताए।

शान्तिपूर्णरुपमा प्रदर्शन गर्छौं भन्दाभन्दै प्रहरीले अचानक जसरी बल प्रयोग गरेर दमन गरेको उनले बताए।
‘अब तेस्रो जनआन्दोलन सुरु भयो,’ वाग्लेले भने।

हठात् प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु अहिले सडकमा ओर्लेरै विरोध सुरु गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank