काठमाडौँ—रुकुम हत्याकाण्डका दोषीलाई हदैसम्म कारबाही माग गर्दै एक महिनादेखि जारी रहेकाे संयुक्त राजनीतिक दलित संघर्ष समितिकाे आन्दोलन झनै आक्रामक र तेजिलो बन्दै एको छ ।
बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा ज्ञापनपत्र बुझाउन पुगेका संयुक्त राजनीतिक दलित संघर्षका टाेलीलाई प्रधानमन्त्रीले समय नदिएपछि रुष्ट बन्दै प्रधानमन्त्री निवासबाट बहिरिए लगतै प्रहरीले लाठीचार्ज गर्दा घाइते बनेकाे उनीहरूले विहिबार आन्दोलन झनै आक्रामक र तेजिलो बनाउँदै लगेका हुन् ।
एक महिनादेखि साना दल निकट र नागरिक समाज र प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतको संयुक्त राजनीतिक दलित संघर्ष समितिको ब्यानरमा घटनाको विरोधमा निरन्तर आन्दोलनमा छन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य लक्ष्मी परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार तपाईको निजी विर्ता हो भनेर प्रश्न गरेकी छन् । नवराज विकसहित ६ जनाको हत्याको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले माइतीघरमा दिउँसै लालटिन बालेर प्रदर्शनमा सहभागीहरूलाई सम्बोधन गर्दै सांसद परियारले हिजो ज्ञापनपत्र बुझाउन जाँदा अपमानजनक ढंग र विभेदी शैलीमा प्रवेश निषेध गरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीलाई बालुवाटार तपाईको निजी विर्ता हो भनेर प्रश्न गरेकी हुन् ।
सांसद परियारले बालुवाटार सरकारको साझा सम्पत्ति हो र प्रधानमन्त्री पद तीन करोड नेपालीहरुको साझा पद भएकाले जनतालाई परेको पीर मार्कामा प्रधानमन्त्रीले विभेद गर्न नहुने बताईन् । सांसद परियारले प्रधानमन्त्री ६० लाख दलितहरुको प्रधानमन्त्री बन्न नसकेको आरोप लगाउँदै रुकुम घटनाका अपराधिहरुलाई छोडियो भने बालुवाटार चारैतिरबाट घेरिने दावी गरिन् ।
सरकार अध्याँरोमा भएको आरोप लगाउँदै माईतिघर मण्डलाबाट बानेश्वरसम्म लालटिन बालेर गरिएको विरोध प्रदर्शनमा परियारले गृहमन्त्री रामबहादुर थापा ९बादल० ले तत्काल राजीनामा गर्नुपर्ने माग गरिन् । उनले भनिन्(‘अन्यायमा परेका पीडित जनताहरुलाई न्याय दिन नसक्ने गृहमन्त्री नेपाली जनतालाई चाहिँदैन, तत्काल कुर्सी छोडेर घरमा गएर बस्नुस् ।’
रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोतीमा गैर दलित की प्रेमिका लिन जेठ १० गते गाउँका १९ युवा लिएर पुगेका नवराज विकसहित ६ जनाको हत्या गरेको भन्दै उनीहरुले सोती नरसंहारका विरुद्ध लालटिन जुलुस निकालेर विरोध गरेका थिए । लालटिन जुलुसमा सहभागीहरुले नवराजको रिपोर्ट कमजोर गरेको, प्रारम्भिक रिपोर्टमा सरकारको प्रहरी प्रशासनले गैर जिम्मेवारीपन देखाएको भन्दै सत्य तथ्य छानबिन गरी दोषीम माथि कारबाही गर्न माग गरेका छन् ।
यसअघि रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला अदालतले मुद्दा पूर्पक्षका लागि वडाध्यक्ष डम्बर बहादुर मल्लसहित २३ जनालाई कारागार पठाउने आदेश गरेको छ । ६ दिनको बहसपछि न्यायाधिश विद्याराज पौडेलको इजलासले बुधबार साँझ प्रतिवादीमध्ये तीन जनालाई साधारण तारेख र युवतीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । युवतीसहित दुई जनालाई यसअघि बाल सुधार गृह पठाइएको थियो ।त्यसअघि शुक्रबारदेखि सुरु भएको बहसमा पीडितको तर्फबाट २५ जना र प्रतिवादीको तर्फबाट ७ जनाले बहस गरेका थिए। सोमबारसम्म पिडितका कानुन व्यवशायीले बहस गरेका थिए। अदालतसँग पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने र साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिन विकल्प थियो । जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध कर्तव्य ज्यानलगायत मुद्धामा अभियोग पत्र दर्ता गरेको थियो। प्रतिवादीमध्ये २९ जना पक्राउ परेका थिए भने पाँच जना फरार छन्।
Leave a Reply