विश्लेषकहरुकाे टिप्पणी :सत्ता बार्गेनिङमा लाग्दा मधेशी दलहरुले मुद्दा छाडे

दलित अनलाईन ११ श्रावण २०७६, शनिबार २२:४६

काठमाडौं– लोक सेवा आयोगको विज्ञापनबारे मधेशी दलहरु सात्त बार्गेनिङमा लाग्दा मुद्दाहरुप्रति ब्याक भएको आरोप राजनीतिक विश्लेषकहरु लगाएका छन् ।
लोकसेवा आयोगले जारी गरेको विज्ञापनको विरुद्धमा शुरु भएको आरक्षण बचाउँ आनदोलनले एक घटकले शनिवार राजधानीमा गरेको कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषकहरुले मधेशी दलहरु महत्वपूर्ण मुद्दाहरु ब्याक भएको आरोप लगाएका हुन् ।
राजनीतिक विश्लेषक सिके लालले मधेश केन्द्रीत दलहरु आरक्षण बचाउ आन्दोलनका लागि गम्भीर नरहेको सत्ताको आशामा मुद्दाहरु छोड्दै गएका आरोप टिप्पणी गरे ।
‘मधेसी समूदायकै सामान्य प्रशासन मन्त्री छन् , तर तिनैलाई प्रयोग गरेर एकल जातीय प्रकारको विज्ञापन गर्न लगाइएको छ उनले भने,‘ कार्यपालिकाले लोकसेवा आयोगलाई हतियार बनाएको आरोप लगाउँदै विश्लेषक सिके लालले मधेशका एकपुस्तालाई आयोगले नराम्रोसँग प्रभावित बनाएको दावी गरे ।

‘पिछडिएका समुदायलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको छ, स्थिति गम्भीर छ’ उनले भने । तर यसको बारेमा कोही पनि नबोलेको उनको आरोप छ । सत्ताधारी राजनीतिक दलमा पनि आदिवासी, मधेशी, दलितहरु भएपनि आफू कसरी सुरक्षित रहने भन्ने चिन्ताले उनीहरु नबोलेको विश्लेषक लालको विश्लेषण छ ।
प्रतिपक्षी दल काँग्रेस पनि आरक्षणको मुद्दालाई राजनीतिक मुद्दाको रुपमा स्वीकार नगरेको उनले गुनासो गरे ।
मधेशवादी दलले आआफ्नो पार्टीको नामबाट मधेश शब्द हटाएकोमा पनि उनले आक्रोश व्यक्त गरे । ‘राजनीतिक मधेशमा गर्ने अनि के जाति समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नाम राखेका छन उनले भने, ‘ मधेशी दलले पनि यसलाई राजनीतिक मुद्दा बनाएका छैनन् ।’
आरक्षण मुद्दा प्रशासनिक मुद्दा मात्रै नभई राजनीतिक मुद्दा पनि भएको भन्दै उनले तर यसलाई मधेशवादी दलले नबुझेको टिप्पणी गरे ।
अर्का राजनीतिक विश्लेषक तुलानारायण साहले मधेशवादी दलले षड्यन्त्रपूर्वक ढंगले आरक्षण आन्दोलनलाई स्वीकार नगरेको भन्दै सात्त बार्गेनिङ लाग्दा आफ्ना मुद्दाहरु छोड्दै गएको टिप्पणी गरे ।
मधेशमा मधेशी जनता मरिरहेको बेला मधेशी नेताहरु सिंहदरवारमा कमल थापासँग बसेर चिया बिस्कुट खाँदै वार्ता गरिरहने मधेशी दलहरुको स्मरण गदै भने, ‘आज आरक्षण आन्दोलनमा पनि त्यस्तै व्यवहार देखाइएको छ, मधेशवादी दलको भरमा यो आन्दोलन अगाडि बढ्न सक्दैन् । ’

आदिवासी जनजातिका अगुवा ओम गुरुङले मधेशीहरुमा एकता नभएको कारण यो आन्दोलन अगाडि नबढेको बताए । मधेशवादी दलहरु सत्ताको वरिपरी घुमिरहको टिप्पणी गर्दै उनले संविधान संशोधनको बहाना बनाएर एउटा दल सत्तामा बसेको र अर्को दल पनि बहानाको खोजीमा रहेको उनको तर्क थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता सुरेश आले मगरले सबैको बीचमा समन्वय गरेर आन्दोलन अगाडि बढाउनुपर्ने धारणा राखे । आदिवासी दलित, महिला, मुस्लिम र पिछडिएका समुदायलाई संविधानले दिएको अधिकार लोक सेवा आयोगले खोसिएको भन्दै सबै तह तप्काबाट आन्दोलनमा उत्रिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank