कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइनः प्रधानमन्त्री कार्की

दलित अनलाइन मंसिर १४, २०८२

काठमाडौँ —  प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट भइरहेका टीकाटिप्पणीका सन्दर्भमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन।’

Shivam Cement

प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको स्पष्ट गर्दै विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने अभियानमा साथ दिन सम्पूर्ण देशवासीसँग अनुरोध पनि गरेकी छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank