दलितसँग बिहे गरेपछि ज्यान जाेगाउन भाग्दै सांसदकी छोरी (भिडियो सहित)

दलित अनलाईन २६ असार २०७६, बिहीबार २०:५१

नयाँदिल्ली – उत्तर प्रदेशबाट भारतीय जनता पार्टीका सांसद राजेश कुमार मिश्राकी छोरीले दलित युवकसँग विवाह गरेका कारण आफ्नो र श्रीमानको ज्यान खतरामा रहेको भन्दै सुरक्षाको माग गरेकी छन् ।

उनले आफ्नै बावु र परिवारका सदस्यहरुबाटै ज्यान खतरामा रहेको भन्दै सार्वजनिक रुपमै यस्तो आग्रह गरेकी हुन् । नवदम्पत्ति जोडी छुटाउन र हत्या गर्न लागेको आरोप उनले आफ्नै बावु र उनका साथीहरुलाई लगाएकी छन् ।

मिश्राकी छोरी साक्षीले आफ्ना श्रीमानसँगको भिडियो समेत सामाजिक संजालमा सार्वजनिक गरेकी छन् । भिडियोमा उनले राजिव राणा लगायत केही व्यक्ति ज्यान मार्न पछि लागेको गुनासो गरेकी छन् ।

भिडियोमा साक्षी र उनका श्रीमान सँगै छन् । उनीहरुले बावुका साथीहरु पछि पछि लागेर ज्यान मार्न खोजेको बताएका छन् । उनीहरुले भिडियोमार्फत उत्तर प्रदेशको प्रहरीसमक्ष आफ्नो ज्यान बचाइदिन पनि आग्रह गरेका छन् ।

साक्षीले भिडियोमा भनेकी छन्, ‘बावा, मैले साँच्चै विवाह गरेँ । यो सिन्दूर साँच्चै विवाह गरेरै लगाएको हुँ, फेशनको लागि हैन । म र मेरो श्रीमानको पछि कसैलाई पनि नपठाउनू । यदी मेरो श्रीमान र उनका परिवारलाई केही भयो भने यसको भागिदार मेरो बावा र उहाँका साथीहरु हुनेछन् । बावा तपाईँ चुपचाप बस्नूस् । सोच बदल्नुस् । चुपचाप राजनीति गर्नू । खुसी हुनूस् । मलाई खुसी हुन दिनुहोस् ।’

सांसद मिश्राले भने छोरीको भिडियो भाइरल नै भएपछि उनी आफ्नो जीवनको निर्णय गर्न स्वतन्त्र रहेको र आफूले कुनै दबाव नदिएको बताएका छन् । मिश्राले उनलाई घर फर्किन पनि आग्रह गरेका छन् । हिन्दुस्तान टाइम्सले पाेस्ट गरेकाे भिडयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank