सरकारी कार्यालयभित्र आफ्नै कर्मचारीलाई छुवाछूत गरेपछि……..

दलित अनलाईन ५ असार २०७६, बिहीबार ११:१७

मकवानपुर– थाहा नगरपालिका वडा ९ चित्लाङ हेल्थ पोष्टमा कार्यरत दलित महिलामाथि जातीय विभेद भएको छ ।
चित्लाङ हेल्थ पोष्टमा असार २ गत अनामी पदमा कार्यरत गंगा रपाललाई हेल्थ पोष्टमा कार्यरत सिनियर अनमि तुलसा बस्नेतले कार्यलयमै जातीय विभेद गर्नुसाथै जातीय आधारमा गालीगलौज गरी दुव्र्यवहार गरेकी हुन् ।
चित्लाङ हेल्थ पोष्ट मा असार २ गते अर्थ–वार्षिक कार्यक्रम थियो । उक्त कार्यक्रममा उपस्थिति सबैलाई हेल्थ पोष्टमा खाजा बनाउँदै थिए । खाजा बनाउने कोठामा गंगाकी २ वर्षीय छोरी गएपछि गंगा पनि छोरी लिन खाजा बनाउने कोठामा प्रवेश गरेकी थिइन् । खाजा बनाउने कोठामा प्रवेश गरेको निहुँमा सिनियर अनमि तुलसा बस्नेत तल्लो जातको मान्छे ‘दलित’ भएर खाजा बनाउने ठाउँमा किन आएको भन्दै गालीगलौज गर्नुको साथै दुव्र्यवहार थिइन् । भित्र कोठामा जातीय आधारमा गालीगलौज गरेकी तुलसाले केही समयपछि खाजा खाने कार्यक्रममा समेत फेरी सबैको बीचमा दलितले छोएको आफुले नखाने र अरुले पनि नखाने भन्दै गंगालाई सार्वजानिक रुपमा विभेद गरेकी थिइन् ।
गंगाको अनुसार तुलसा बस्नेत सिनियर अनमि, सोही कार्यालयमा अहेव पदमा महेश्वरप्रसाद लामिछाने र महिला स्वयंसेविका पञ्चमाया बलामी कार्यरत हुनुहुन्छ । हेल्थ पोष्टमा गोष्ठी भएको बेलामा खाजाका लागि चिया,नास्ताको रुपमा मासु पकाउँदै गरेको कोठामा छोरी लिन गएकी थिए । छोरी लिन के मात्र कोठाभित्र प्रवेश गरेकी थिए ,खाजा छोएको, तिमीले छोएको वहाँ महेश्वर सर पनि खानु हुन्न भनी इशाराले देखाउँदै तुलसाले गलाी गर्नुभयो । पछि सबैको बीचमा खाजा खाँदै गरेको खाजा तुलसा बस्नेतले फाली जातीय अपमानजनक गाली गलौज समेत गर्नुभएको हो । किन छुन नहुने जातीय छुवाछुत कानुनमा अन्त्य भइसकेको छ किन यस्तो व्यवहार गर्नु हुन्छ ? भन्दा विपक्षी पञ्चमाया गमालले पनि यो शहर होइन गाउँमा यस्तो लागू हुदैन भन्नुभयो । यसै गरी विपक्षी महेश्वर लामिछानेले पनि तल्लो जातकोले छोएको थाहा भएको भए म पनि खान्न थिएँ भन्नुभयो । विपक्षीहरुले उक्त अभद्र र विभेदजन्य, संविधान र कानुन विपरित हुने अपराधजन्य व्यवहारले गर्दा समेत हेपो ईन्चार्ज दीपचन्दन कुमार कर्माचार्य एक जिम्मेवार कार्यालय प्रमुख मूकदर्शक भएर बसेको गंगाले बताइन् ।

अफिसको सार्वजनिक कार्यक्रममा समेत तुलसाले जातीय आधारमा गाली र अपमान गरेको अनमी रन्जु खात्रीले बताइन् । तुलसाले आफुले गरेको गल्तीको आत्मआलोचना गर्नुभन्दा पनि अरुले थप केही नखाने भन्दै फेरी कराउनुले आफुहरुलाई समेत लाज लागेको रन्जुले बताइन् ।
यस्तै तुलसा बस्नेतबाट जातीय आधारमा गाली र अपमान गर्नु नहुने कार्यालयमा अहेव महेश्वरप्रसाद लामिछानेले बताए । आफुले केही पनि नभनेको र आफु जातीय विभेद पनि नगरेको जिकिर लामिछानेले गरे ।
आफुमाथि हेल्थ पोष्टमा रहेका सहकर्मीबाट जातीय विभेद भएको भन्दै गंगा रपाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गरेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank