तुलसीप्रसाद भट्टराईले ल्याए ,धर्मग्रन्थमा दलितमाथि विभेद नभएको खण्डकाव्य ‘समता’

दलित अनलाईन १ श्रावण २०७६, बुधबार १३:५१

काठमाडौं । हेर्दा पनि उमेरले परिपक्व । जातीय हिसावमा उच्च जाति । तर, विचार भने समान । यो पत्याउनै गाह्रो । साहित्यकार तुलसीप्रसाद भट्टराईको विचारमा विद्रोह छ र परिवर्तनको आवाज छ । उनीद्धारा लिखित ‘समता’ नामक खण्डकाब्य र गजल संग्रह ‘मञ्जरी’ ले त्यही बोेल्छ ।
परिर्वतनको आवाज बोल्ने भट्टराईद्धारा लिखित गजल संग्रह मञ्जरी र समता नामक खण्डकाब्य दुई वटा कृति मंगलबार एकैसाथ लोकार्पण भएको छ ।
समता खण्डकाव्यमा विभिन्न धार्मिकशास्त्र, समाजशास्त्र र प्रचलित कानूनका पुस्तकहरुको लामो स्वअध्ययनपछि साहित्यकार भट्टराईले छन्दबद्ध काव्यको रुपमा तयार गरेको यो दोस्रो कृति हो । पहिलो कृतिका रुपमा साहित्यकार भट्टराईले गजल संग्रह ‘मञ्जरी’ लाई लिएका छन् । जसको मंगलबार नै लोकार्पण गरिएको छ ।
गजल ‘मञ्जुरी’ मा सामाजिक कुसंस्कार र राजनीतिक विचलन लगायतका विषयका ५८ वटा गजल समावेश गरिएको छ । झापामा बसेर साहित्य सिर्जनामा तल्लिन भट्टराईले आफ्नो कृति ‘समता’ मा छुवाछूत मान्नुलाई अपराधको रुपमा उल्लेख गरेका छन् ।
मंगलबार राजधानीमा एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वमन्त्री जितु गौतम, साहित्यकारहरु डम्बर पहाडी, तिलकप्रसाद लुईटेल, रमेश सुभेच्छुक, श्याम केसी, कल्पना काफ्लेलगायतले संयुक्त रुपमा लोकार्पण गरे ।
सो कृतिको लोकापर्ण कार्यक्रममा कुलपति उप्रेतीले बजारमा धेरै कृति आइरहने पनि ‘मञ्जरी’ र ‘समता’ नामक खण्डकाब्यले सिंगो समाजको प्रतिनिधित्व गर्ने बताए । उनले ‘समता’ नामक खण्डकाब्यले हिन्दु धर्मले कथित दलित जातीलाई होच्याइरहने परम्परा गलत भएको पुष्टि गर्ने बताए ।

‘पुस्तक समाजको ऐना हो, यसले समाज जस्तो छ त्यस्तै बोल्नुपर्छ’ उनले भने, ‘हिन्दु धर्ममा दलितलाई हेला गरिएको उल्लेख गरिएको भए पनि धर्म गन्थहरुमा त्यस्तो लेखिएको छैन भन्ने प्रमाणित गरिदिएको छ ।’ कुलपति उप्रेतीले साहित्यकार भट्टराईद्धारा रचित दुवै पुस्तकले नेपाली साहित्यको क्षेत्रलाई थप उभाईमा पु¥याउने अपेक्षा पनि गरे ।
साहित्य सुधा नेपालद्वारा आयोजित लोकापर्ण कार्यक्रममा सो पुस्तकको समालोचना गर्दै साहित्यकार तिलकप्रसाद उप्रेतीले पुस्तक पुस्तक मात्रै नभएर सारा नेपालीले पढ्नै पर्ने ज्ञानको भण्डार भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank