चितवनमा सुरु भयाे दलित आन्दोलन, प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

अमिर रामदाम २ असार २०७६, सोमबार १५:१६

अमिर रामदाम
चितवन– समावेशी समानुपाति सिद्धान्त विपरित गएर लोक सेवा आयोगले जारी गरेको विज्ञापनको खारेजको माग गदै चितवनका दलितहरू सडकमा उत्रिएका छन् ।
“सम्पूर्ण दलित, उत्पीडित, मधेशी, महिला, मुस्लिम,अल्पसंख्यक समुदाय जाति एक हौ” भन्ने मूल नारा सहित चितवनका दलितहरू सडकमा उत्रिएर शान्तिपूर्ण विरोध र्याली गरेका हुन् ।
विरोध र्याली हाकिमचोक हुँदै जिल्ला प्रशासन कार्यालय आएर सभामा परिणत भई समापन भएको थियो । विरोध र्यालीमा लोकसेवा आयोगद्वारा जारी गरिएको विज्ञापन खारेज गर, समतामूलक सहभागीता आजको आवश्यकता, जातिय विभेद अन्त्य होस लगायतको नारा सहितको प्ले कार्ड समेत प्रस्तुत गरिएको थियो ।


त्यस्तै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत मार्फत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४ बुँदे ज्ञापनपत्र पेश गरिएको थियो । सो ज्ञापनपत्र नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य चक्र रुचाल र नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय नेता खेम दर्जीले संयुक्त रूपमा प्रजिअ बस्नेतलाई ज्ञापन पत्र हस्तान्तरण गरेका थिए ।


सो ज्ञापनपत्र बुझ्दै प्रजिअ बस्नेतले यथासिघ्र दलित समुदायहरूको माग सम्बोधनका लागि यो ज्ञापन पत्र आज नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौंमा पठाउने समेत जानकारी दिए ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवन, नेपाल दलित मुक्ति मोर्चा चितवन, विश्वकर्मा सेवा समाज चितवन, परियार सेवा समाज चितवन, नेपाल मिजार गुठी समाज चितवन, दलित समाज सेवा क्लब चितवन, संयुक्त दलित युवा समाज चितवको संयुक्त आयोजनामा वृहद विरोध र्याली निकालिको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank