दलित सशक्तिकरण ऐन पूर्ण रुपमा कार्यान्वयन हुनुपर्छ : प्रमुख नागेन्द्र प्रसाद यादव

दलित अनलाईन २८ श्रावण २०८०, आईतवार १२:३२

सर्लाही—  मलङ्वा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादवले मधेस प्रदेश सरकारले स्वीकृत गरेको दलित  सशक्तिकरण ऐन २०७६ लाई पूर्ण कार्यान्वयन गर्न सबै निकायहरु सक्रिय हुनु पर्ने बताएका छन् ।
दलित दलित समाज कल्याण संघ र नागरपालिको आयोजना भएको कार्यक्रमा बौल्दै प्रमुख यादवले दलित सशक्तीकरण ऐनलाई सबै निकायबाट कार्यान्वयन हुने बताएका हुन् ।
नगर प्रमुख नागेन्द्र प्रसाद यादवले जातीय विभेद गर्नु समाजिक अपराध भएको बताउँदै आर्थिक वर्ष २०८०/०८१ मा दलित सशक्तीकरण ऐन कार्यान्वयन गर्न बजेट विनियोजन समेत गरेको बताए । यादवले सात दिनभित्र ऐन कार्यान्वयन गर्न स्थानीय जातीय भेदभाव तथा छुवाछूत अनुगमन समिती गठन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरे ।
मधेस प्रदेशसभा सदस्य सकुन्ती देवि रामले दलित शसक्तिकरण ऐन स्थानीय पालिकामा लागू भएमा दलित समुदायको अनुहारमा खुशी आउने बताइन् । सामाजिक, आर्थिक र राजनीतिक र जातीय विभेदका समस्याहरुलाई पूर्ण रुपमा निस्तेज गर्न यो ऐन कार्यान्वयन हुनु जरुरी रहेको रामले बताइन् ।
प्रदेशसभा सदस्य कौशल किशोर यादवले दलित सशक्तीकरण ऐन कार्यान्वयनले मधेश प्रदेशका दलित समुदायको हक हितमा काम गर्ने बताए ।


नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष तथा समाजशास्त्री राजेश पासवानले दलित सशक्तीकरण ऐन २०७६ को कार्यपत्र प्रस्तुती गदै ऐन कार्यान्वयनमा जोड दिए ।
कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत गेहनाथ गौतम,कार्यपालिका सदस्य दयाराम मण्डल,कविता कुमारी पासवान,जसिया देवि पासवान, सीता मेस्तर,अमिरखा बैठाले दलित शसक्तिकरण ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ती समाजका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज राम नरेश मण्डल, केन्द्रिय कोषाअध्य्क्ष गोविन्द पासवान, दलित अधिकारकर्मी रामबहादुर महरा, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका जिल्ला सचिव कामेश्वर पासवान, जिल्ला कार्यक्रम अधिकृत गोबिन्द पासवान ,उद्यम सहजकर्ता अर्पना विश्वकर्मा ,साप नेपालका प्रतिनिधि मनोज पासवान, सामाजिक बिकास अधिकृत राजकुमार अधिकारी,महिला तथा बालबालिका शखाकि नगिना रायको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank