ढोरपाटनबाट हजाराैं दलितले विभेदविरुद्ध नगरा घन्काए (फोटो फिचर)

दलित अनलाईन २३ जेष्ठ २०७६, बिहीबार २२:५४

वुर्तीवाङ–जातीय भेदभाव तथा उन्मुलन दिवसको अवसरमा ढोरपाटन नगरपालिकाको वुर्तीवाङमा विशाल आमसभा सम्पन्न भएको छ ।
२७ टोली नौमति बाजा र झाँकीसहितका ५ हजारभन्दा बढी जनसागरले विभेद विरुद्ध नारा लगाएका थिए । काठमाडौंलाई तर्साउनै गरी जुलुसले भेदभाव विरुद्ध नगरा घन्काउँदै वुर्तिवाङ बजार परिक्रमा गरेका थिए । दलित आन्दोलनमा यति ठूलो जनसागर केन्द्रमा समेत देखिदैन ।

प्रमुख अतिथि नगरपालिकाका मेयर देवकुमार नेपालीले अग्रपंक्तिमा रहेर बजार परिक्रमा गरी विशाल जनसभालाई सम्बोधन गरेका थिए । अव नगरपालिकामा खरको छानो नरहने र ढोरपाटन नगरपालिकाबाट छुवाछुत हटाउँने उनको संकल्प छ । एउटा दमाईको छोरा नगरपालिकाको मेयर भएपछि धेरैले घेराबन्दी गरेका छन् । मेयर देवकुमारले भने, ‘तर, हाम्रो नगरपालिकामा जति सुशासन नेपालको कुनै नगरपालिकामा छ भने मलाई भन्नुहोला । कसैले भ्रष्टाचार गरेको प्रमाण देखाएमा झुण्डीएर मर्न तयार रहेको पनि उनले बताए ।

उनी यस्ता मेयर हुन जसले अहिलेसम्म सरकारबाट तलव भत्ता लिएका छैनन् । बरु उनले पाँच सय दलितगरिवको घरमा आफ्नै लगानीमा टिनको छाना हालिदिएका छन्, ५८ जना शिक्षकलाई तलव दिएर राखेका छन्, क्याम्पसमा २१ लाख पाँच हजार रुपैयाँको अक्षयकोष निर्माण गरेका छन्, प्रत्येक दलित बस्तीमा मोटरबाटो पु¥याएका छन् । क्षेत्रीय दलित सञ्जालको आयोजना र नगरपालिकाको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा जनसागर उर्लिएको थियो । नगरपालिकाका नौ वटा वडाबाट विभेद विरुद्ध विगुल फुक्नका लागि हजारौ दलितहरु ओइरिएका थिए ।

अव उत्तरगंगा जलविद्युत अयोजनाबाट विजुली बलेपछि ढोरपाटन नगरवासीको मुहार फेरिने देवकुमारले बताए । ‘प्रधानमन्त्रीसँगै लविङ गरेर जलविद्युत आयोजना चाँडो सक्ने गरी काम हुँदै छ । देवकुमारले जनतालाई खुशी बनाउने भो भनेर उता केन्द्रमा वाहुनहरु लड्दै छन् रे’, उनले बुर्तिवाङ बजार थर्काउँदै भने, ‘हामी केही कुरामा कमी छैनौ । खै गैरदलितले यति मास जुटाएर देखाओस् त ।’ उनले आफ्नो सम्पत्ति सम्पूर्ण नगरबासीको भएको भन्न पनि पछि परेनन् ।

राष्ट्रिय दलित आयोगका निवर्तमान कार्यवाहक अध्यक्ष मञ्जित ताम्राकारले अहिले दलित आन्दोलन निकै कमजोर अवस्थामा रहेको बताए । उनले भने, अव हामी एकजुट भएर आन्दोलनको आँधिवेहेरी सृजना गर्नुको विकल्प छैन । कार्यक्रममा जातीय छुवाछुतको व्यवहारिक अन्त्यका लागि महाकाली मेची पैदल यात्रा गरेका होमराज आचार्य र अशोक दर्नाललाई सम्मान गरेका थिए । सम्मान ग्रहण गर्दै आचार्यले भने, ‘अव दलित आन्दोलनमा गैरदलित समुदायबाट होमिन आवश्यक रहेको छ । र, गैरदलितले आम माफि मागी दलितलाई क्षतिपूर्तीको व्यवस्था गर्नुपर्छ ।’ त्यस्तै अशोक दर्नालले अहिलेसम्म पनि सारमा परिवर्तन नभएपछि दलितको पीडा बुझ्न पदयात्रा गरेको बताए । दर्नालले भने, ‘पदयात्रापछि थाहा भयो की दलित कति दयनीय छन् भन्ने । अव सम्पूर्ण दलितले सिँहदरबार कब्जा गर्ने गरी आन्दोलन गर्नुपर्छ ।’


चर्चित कलाकार प्रकाश सपुत नौस्टाल्जीक बन्दै विभेद भोगेका दिनहरुमा फर्किए । आफ्नौ घरमा चिया पाक्ने हैसियत नभएको र अर्काको घरमा चिया खाएर भाँडा माझेको सम्झिए । उनले आफ्नो हजुरवासँग बसेर आरनमा काम गरेको बताउँदै समाज अझै विभेदमा अल्झिएकोमा दुःख व्यक्त गरे । सपुतले मेयरसँग आग्रह गरे, ‘देव दाई हामी सबैको मेयर हो । तर, अरुलाई एउटा मिठाई दिदा दलितलाई दुई वटा र अरुलाई एउटा टिसर्ट दिदा दलितलाई दुई वटा दिनुहोला ।’ कसैलै विक, परिवार, नेपाली भन्दा नजिकको अनुभुति हुने प्रकाशले बताए ।


उनले दर्शकलाई उतीखेरै रुवाए, उतिखेरी हँसाए । सपुतले वैदेशिक पीडाको कथादेखि व्याटल टु सम्म गाउँदा दर्शकलाई आफुवाहेक अरुलाई सोच्ने मौकै दिएनन् । सपुत यति लोकप्रिय थिए की गीत गाउनेबेला समेत अटोग्राफ र सेल्फी खिच्न भ्याईनभ्याई थियो ।
आमसभामा सहभागी गराउनका निम्ति मेयर नेपालीले श्रीमतीलाई हेलिकप्टरमा ल्याएका थिए । मेयर नेपालीले पोखराबाट श्रीमती छेला नेपाली र छोरी कर्मालाई हैलिकप्टरबाटै आफ्नै घरको छतमा झारेका हुन् । उनले आफ्नो आठ तले घरको छतमा हेलिप्याड निर्माण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank