सहमति कार्यान्वयन नगरेपछि कैलालीमा वादी समुदायहरू आन्दोलित

हिक्मत वादी २४ पुष २०७८, शनिबार १२:४८

कैलाली मुडा — वादी समुदायको ४८ दिने आन्दोलनपछि २०६५ पौष २३ गते  मन्त्रीपरिषदले गरेको निर्णय कार्यान्वयनमा  नआएको भन्दै  कैलाली जिल्लाका वादी समुदायहरू आन्दोलित भएका छन्।

भूस्वामित्व प्रदान गर, वादी समुदायलाई पुनस्थापना गर, वादी लगायत दलित समुदायलाई सुरक्षित आवासको ग्यारेन्टी गर भन्ने प्लेकार्डहरु बोकेर शान्तिपुर्ण तरिकाले कैलालीको चौमाला बजारमा नारा, जुलुस र यार्ली सहित प्रदर्शन गरी आन्दोलित भएका हुन् ।

वादी समुदायका जायज मागहरु  सम्बोधन गरि दिनका लागि गौरीगँगा नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।  त्यसैगरी सोही नारा, जुलुस र यार्ली कैलालीको अत्तरिया बजारमा पनि वादी समुदायले  निकालेका थिए । अत्तरिया बजारबाट सुरु भएको नारा जुलुस रयार्ली  गोदावरी नगरपालिकाको गेटमा पुगेर कोण सभामा परिणत भएको थियो ।

वादी समुदायका जायज मागहरु पुरा गर भन्दै गोदावरी नगरपालिकाको गेटमा करिव दुई घण्टासम्म  धर्ना बसेर सरकारविरुद्ध चर्को विरोध जनाए । कार्यक्रम को आयोजना राष्ट्रिय वादी अधिकार संर्घष समिति , वादी उत्थान समिति (सु प प्र) घुमन्ते मगन्ते भुमिहिन वादी अधिकार संर्घष समिति (सु प प्र ) र पार्वती वादी अधिकार  संर्घष समिति चौमालाले कार्यक्रमको आयोजना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank