रेश्मा हत्या प्रकरण : संघर्ष समितिले भन्यो, ‘यो एक्लै गर्नसक्ने हत्या होइन, प्रहरी किन एक्लै भन्छ ?

दलित अनलाईन २३ फाल्गुन २०७५, बिहीबार १७:३५

रेश्मा रसाईली संघर्ष समितिले सुरु ग¥यो  आन्दोलन

 

जनकपुर – ९ वर्षीय बालिका रेश्मा (दितीया) रसाईलीको उच्च स्तरीय छानविन समिति तत्काल गठन माग गदै रेश्मा (दितीया) रसाईली संघर्ष समितिले आन्दोलन सुरु गरेका छ ।
रेश्मा (दितीया) रसाईली संघर्ष समितिले विहिबार जनकारपुर नगर परिक्रम गरी रेश्माको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै तत्काल उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने माग गदै आन्दोलन सुरु गरेको हो । संघर्ष समितिले रेश्माको न्यायको लागि आन्दोलन गरेको दावी गदै आन्दोलन चरणबद्ध तेजिलो बनाउँदै लैजाने समेत बताएको छ ।


धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर मगरटोलकी ९ वर्षीया रेश्मा (दुतीया) रसाइलीको बलात्कारपछि हत्या नियोजित ढंगबाट गरिएको ठहर गदै पीडित परिवार र रेश्मा (दितीया) रसाईली संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरी विहिबारबाट चरणबाट आन्दोलन कार्यक्रम सार्वजनिक गरेको थियो ।
नगर परिक्रमपछि कोणसभामा बोल्दै रेश्मा (दितीया) रसाईली संघर्ष समितिका संयोजक उमेश जंग गजमेरले रेश्माको सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै प्रहरीबाटै पात्र खडा गरेर अपराधी उम्काउने नाटक मञ्चन भएको बताए । ‘यो एक्लै गर्नसक्ने हत्या होइन, प्रहरी किन एक्लै भन्छन् ? उलने प्रश्न गदै भने,‘ पात्र खडा गरेर अपराधी लुकाउन खोज्दै छ । ’


दलित अधिकारकर्मी तथा विश्वकर्मा समाज नेपाल प्रदेश २ का अध्यक्ष मीन रहपालले प्रदेश २ मा बेटी बचाउँ बेटी पढाउँ अभियान संचालन भइरहेदा रेश्माको क्रुर ढंगबाट बलात्कारपछि हत्या गर्दासमेत प्रदेश सरकार नबोल्नु दुःखत रहेको बताए । ‘बेटी बचाउँ अभियान कहाँ छुन सक्यो रेश्मालाई ? उनले भने,‘ सरकार अभियान संचालन गर्न,तर बेटीलाई बलात्कारपछि हत्या गर्दासमेत कोही नबोल्नुले शंका उब्जिएको छ ।’

अध्यक्ष रहपालले परिवारलाई उचित छतिपूर्तिको व्यवस्था सहित र दोषीलाई कडाभन्दा कडा कारबाही नभएसम्म आन्दोलन नरोकिने बताए । ‘रेश्माको न्यायको लागि हामी आन्दोलन गछौं, आन्दोलनबाटै रेश्मालाई न्याय दिलाउँछौं । ’

रेश्माका काका देवराज रसाईलीले दोषीहरुलाई कडाभन्दा कडा कारबाहीको माग गदै प्रहरीले हतारहतारमा एक अभियुक्तलाई समातेर सार्वजनिक गरेर बहादुरी देखाउनु खेल नै अन्य दोषीहरु उम्काउने खेल भएको आरोप लगाए । ‘यो सामूहिक बलात्कारपछिको हत्या हो, एक अभियुक्तलाई देखाउनु अन्य अभियुक्तलाई भगाउनु हो । ’


फागुन १ राति गाउँकै इन्द्र थापामगरकी छोरी मन्दिरा थापा मगरको बिहे भोजमा नाँच्दै रमाइलो गरिरहेकी रेश्मालाई बलात्कारपछि हत्या मृतकको पहिचान लुकाउन शवमाथि उखुको पात, रेश्माले लगाएको लुगा र चप्पल राखेर आगो लगाएर जलाएको थियो । रेश्माको शव आधा जलेको अवस्थामा नजिकैको उखुबारीमा फागुन २ गते बिहान फेला परेको थियो ।
रेश्मा बोल्न नसक्ने सुस्तश्रवण बालिका हुन । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको चार दिनपछि बलात्कारपछि हत्या गरी जलाउने २२ वर्षीय निरन जर्घामगरलाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank