रेश्मा हत्या प्रकरण :‘यो सामूहिक बलात्कारपछिको हत्या हो ’– संघर्ष समिति

दलित अनलाईन २२ फाल्गुन २०७५, बुधबार २३:२८

जनकपुर — ९ वर्षीय बालिका रेश्मा (दितीया) रसाईलीको उच्च स्तरीय छानविन समिति गठन माग गदै रेश्मा (दितीया) रसाईली संघर्ष समितिले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर मगरटोलकी ९ वर्षीया रेश्मा (दुतीया) रसाइलीको बलात्कारपछि हत्या नियोजित ढंगबाट गरिएको ठहर गदै पीडित परिवारले बुधबार पत्रकार सम्मेलन गरी विहिबारबाट चरणबाट आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो ।
रेश्मा (दितीया) रसाईली संघर्ष समितिका संयोजक उमेश जंग गजमेरले रेश्माको हत्या एक्लै व्यक्तिले नगरेको दावी गदै सामूहिक बलात्कारपछि हत्या बताए । ‘हामीलाई धेरै कुरामा शंका लागेको छ , यो उच्च स्तरीय छानविन समितिबाट सबै पत्ता लाग्छ । ’
रेश्माका काका देवराज रसाईलीले दोषीहरुलाई कडाभन्दा कडा कारबाहीको माग गदै प्रहरीले हतारहतारमा एक अभियुक्तलाई समातेर सार्वजनिक गरेर बहादुरी देखाउनु खेल नै अन्य दोषीहरु उम्काउने खेल भएको आरोप लगाए । ‘यो सामूहिक बलात्कारपछिको हत्या हो, एक अभियुक्तलाई देखाउनु अन्य अभियुक्तलाई भगाउनु हो । ’
दलित अधिकारकर्मी तथा विश्वकर्मा समाज नेपाल प्रदेश २ का अध्यक्ष मिन रहपालले परिवारलाई उचित छतिपूर्तिको व्यवस्था  सहित र दोषीलाई कडाभन्दा कडा कारबाही नभएसम्म संघर्ष समितिको आन्दोलन नरोक्ने चेतावनी दिए । ‘रेश्माको न्यायको लागि हामी आन्दोलन गछौं, आन्दोलनबाटै रेश्मालाई न्याय दिलाउँछौं । ’

जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश २ प्रहरीको संयुक्त टोलीले घटनाको चार दिनपछि बलात्कारपछि हत्या गरी जलाउने २२ वर्षीय निरन जर्घामगरलाई पक्राउ गरेको थियो ।
रेश्माको शव आधा जलेको अवस्थामा नजिकैको उखुबारीमा फागुन २ गते बिहान फेला परेको थियो । फागुन १ राति गाउँकै इन्द्र थापामगरकी छोरी मन्दिरा थापा मगरको बिहे भोजमा नाँच्दै रमाइलो गरिरहेकी रेश्मालाई निरजले बलात्कारपछि हत्या निरजले मृतकको पहिचान लुकाउन शवमाथि उखुको पात, रेश्माले लगाएको लुगा र चप्पल राखेर आगो लगाएर जलाएका थिए । रेश्मा बोल्न नसक्ने सुस्तश्रवण बालिका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank