बिक्रम बरालको स्वरमा सुरजको ‘दुईतले फलामको खाटैमा’ गीत सार्वजनिक (भिडियो)

दलित अनलाईन २२ कार्तिक २०७७, शनिबार १८:५७

काठमाडौँ  — सुरज बिश्वकर्माको रचना एवं संगीतमा परदेशीको पीडा र वेदना समेटिएको गीत ‘दुईतले फलामको खाटैमा’ बोलको गीत सार्वजनिक भएको छ ।

परदेशमा श्रम गर्दा मातृभूमीको सम्झनाले सताउने र घर फिर्न मनलागेको वेला नपाईने जस्ता समस्याहरुलाई गीतमा समेटिएको छ । युवा पुस्ताका परदेशीका दुःखलाई गीतमा समेटिएको रचनाकार सुरज बिश्वकर्माले बताउँछन्  । उनको मकाउमा बसेर गीत लेखन र संगीतलाई निरन्तरता दिदै  आएका छन् ।

नेपाल आइडल सिजन—२ का उपविजेता विक्रम बरालको ‘दुईतले फलामको खाटैमा’ गीतमा स्वर रहेको छ । सो गीत बिश्वकर्माले यूट्यूव च्यानलमार्फ्त सार्वजनिक भएको छ । गीतको शब्द रचना र संगीत उनै सर्जक सुरज बिश्वकर्माले गरेका छन् । संगीत संयोजन भने विनोद रसाइलीको छ ।

पोखरा घर भई लामो समयदेखि मकाउलाई कर्मथलो बनाएरका सर्जक विश्वकर्माको यो तेस्रो प्रस्तुति हो । यसअघि उनले ‘विस्तारै विस्तारै।’ र ‘तिम्रो मन।’ जस्ता सदावहार गीतहरु कर्णदासको स्वरमा सार्वजनिक भइसकेको छ ।  यो उनको तेस्रो भिडियो हो ।

बिद्यार्थीकालदेखि नै कविता र गीतहरु लेख्ने बिश्वकर्माले पछिल्लो समय गीतहरुमा कलम चलाउदै आएका  छन् । सन् २०२० को मार्चमा नेपाल आउने तयारी गरिसकेपछि ठिक एकहप्ता अगाडि कोरोना महामारीको लकडाउन भइदियो । टिकट लिइसकेपछि पनि बिश्वकर्मा घर आउन पाएनन् । यही पीडामा छट्पटाउदै उनले ‘दुईतले फलामको खाटैमा’ गीतको सृजना गरे । गीतमा परदेशमा बस्ने नेपालीहरुको भावना बोलेको छ ।

सुरज विश्वकर्माले भने “गीत रचनामा मेरो सानैदेखिको सोख हो, कविताहरु पनि लेख्छु, दुईतले फलामको खाटैमा बोलको गीतमा राम्रो प्रतिक्रिया पाएको छु, यसमा विशेष गरी म जस्ता परदेशमा रहेका नेपाली युवाहरको भावना अभिव्यक्त भएको छ, सबैले मनपराई दिनुभएको छ म उत्साहित पनि भएको छु ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank