अम्बेडकरको नजरमा माक्र्सवाद

दलित अनलाईन १७ फाल्गुन २०७५, शुक्रबार २२:०७

नेपालका विभिन्न आन्दोलनलाई अध्ययन गर्दा अम्बेडकर दृष्टिकोण कहीँ कतै पाइँदैन । जात र वर्गको बहसमा पनि अम्बेडकर देखिँदैनन् । नेपाल र भारतको समाज व्यवस्था समान भए पनि अम्बेडकर समाज जीवनको सम्पूर्ण बहसबाट कोसौँ टाढा किन भए रु श्रमजीवी वर्ग मूलतः दलित बहुजन अम्बेडकरको विचारधारा र आन्दोलनबाट कसरी वञ्चित भए रु खोजको विषय हुन सक्छ । नेपालको सामाजिक ढाँचा बुझ्न माक्र्स, लेनिन र गान्धीसँगसँगै अम्बेडकरलाई पनि बुझ्नु आवश्यक छ ।

अम्बेडकर र माक्र्सबीच वैचारिक रूपमा कैयौँ समानता छन् । साथै, अम्बेडकरले नेपाल, भारतको सन्दर्भमा माक्र्सको विचारधारामाथि अनेकौँ प्रश्न पनि उठाएका छन्, जुन हामीले बुझ्न तथा मनन गर्दा ज्ञानवर्धक हुन सक्छ । २० नोभेम्बर १९५६ मा बुद्ध वा कार्लमाक्र्स विषयमाथि काठमाडौंमा दिएको ऐतिहासिक भाषणबाट पनि यहाँका श्रमजीवी मजदुर, दलित बहुजन वर्ग अनभिज्ञ छन् । सवर्ण सत्ताले अम्बेडकरको विचारधारालाई लुकाउन सकेजति कोसिस गरेकै हुन् ।

डा.अम्बेडकर ८ देखि १७ सेप्टेम्बर, १९४३ मा ‘अल इन्डिया ट्रेड युनियन वर्कर्स अध्ययन शिविर’को समापन भाषण ‘लेबर एन्ड पार्लियामेन्टरी डेमाक्रेसी’मा केन्द्रित थियो । भाषणमा उनले श्रमिकलाई रुसोको ‘सोसल कन्ट्र्याक्ट’, माक्र्सको ‘कम्युनिस्ट मेनिफेस्टो’, पोप लियो तेह्रौँको ‘एनसाइक्लिकल अन द कंडिसन्स अफ लेबर’ र जन स्टुअर्ट मिलको ‘लिबर्टी’ आदि ग्रन्थसँग परिचित हुन आग्रह गरेका थिए । यी चार ग्रन्थ आधुनिक संसारको समाज र शासन व्यवस्थालाई संगठित गर्ने मूल दस्ताबेज हुन् । तर, दलित, मजदुर तथा श्रमिक वर्ग यी दस्ताबेजमाथि ध्यान दिनुको सट्टा हिन्दुत्ववादी प्राचीन दशरथ जातक कथा, मनुस्मृति, वेद–पुराण, हनुमान चालिसा पढेर हनुमान बन्नमै आनन्दित हुँदै आइरहेका छन् ।

उपर्युक्त घटना तथा उदाहरणबाट प्रस्ट हुन्छ, डा। अम्बेडकर माक्र्सविरोधी थिएनन् । तर, माक्र्सवादी खेमाले अम्बेडकरको आन्दोलनले माक्र्सवादलाई कमजोर गरेको आरोप लगाउने गरेको छ । सवर्ण माक्र्सवादी दलित बहुजनबाट अपेक्षा राख्छन्, उनीहरू माक्र्सवाद पढून् तर उनीहरू स्वयं अम्बेडकर पढ्न तयार छैनन् । नेपालमा सवर्णको त कुरै छाडौँ, माक्र्सवादी दलित अगुवा स्वयंले अम्बेडकर पढ्न युवालाई उत्प्रेरणा दिँदैनन् ।

अम्बेडकरले अछुत र मजदुरको जीवन सँगसँगै बाँचेका थिए । उनको सवर्ण माक्र्सवादी र महात्मा गान्धीसँग टकराव ।

नेपालका दलित बहुजन सवर्ण नेतृत्वको माक्र्सवादी, माओवादी आन्दोलनबाट के पाए, के गुमाए समीक्षाको विषय हो । अम्बेडकर सर्वहारा मुक्तिको सिद्धान्त कम्युनिज्मलाई मान्छन्, तर एंगेल्सले भनेजस्तो हाम्रो सन्दर्भमा सर्वहारा वर्गको उत्पत्ति औद्योगिक क्रान्तिको परिणाम होइन भन्नेमा विश्वास गर्छन् । एंगेल्सको विचार इंग्ल्यान्ड, जर्मनी तथा फ्रान्समा लागू हुन सक्छ तर नेपाल र भारतको परिवेश फरक छ । यहाँको सन्दर्भमा सर्वहारा वर्ग (दलित बहुजन) वर्ण व्यवस्थाको गर्भबाट पैदा भएका हुन् । नेपाल भारतका सर्वहारा वर्ग जन्मैदेखि गरिब, श्रमजीवी र दास हुन् ।

निजी स्वामित्वको इतिहास र अवधारणा पश्चिमा इतिहास र अवधारणाभन्दा भिन्न छन्, जसलाई माक्र्स र एंगेल्सले निरोपण गरेका थिए । नेपाल र भारतमा व्यापार गर्ने अधिकार केवल वैश्यलाई थियो । पुँजीको केन्द्रीकरण आर्य ब्राह्मण व्यवस्थाको देन हो, जुन वर्ण व्यवस्थाको रूपमा हिन्दूको प्राण हो । ब्राह्मणवाद र पुँजीवादको गठजोडलाई बुझ्नुपर्छ । जात व्यवस्थालाई नाश नगरेसम्म निजी स्वामित्वलाई नाश गर्न सकिँदैन ।

डा. अम्बेडकर फ्रान्सेली क्रान्तिबाट प्रभावित थिए । स्वतन्त्रता, समानता र बन्धुताको विचार यही क्रान्तिबाट सिकेका थिए । यस क्रान्तिले मूलतः दुई सिद्धान्तलाई जन्म दिएको थियो । पहिलो स्वशासन, जसलाई स्वराज पनि भन्छ । स्वशासनको अर्थ स्वयं शासन गर्ने भावना हो । अरूबाट शासित हुनुलाई अस्वीकार गर्ने । दोस्रो आत्मनिर्णय, जसलाई स्वाधीनता पनि भनिन्छ ।

सवर्ण नेतृत्वका राष्ट्रवादी श्रमिक मजदुर दलित बहुजनका शत्रु हुन् । अम्बेडकरले भनेका थिए– मजदुर वर्ग राष्ट्रवादलाई पूजाको वस्तु बन्न तयार हुनु हुँदैन । राष्ट्रवादको अर्थ प्राचीन अतीतको पूजा गर्नु हो भने मजदुरले त्यस्तो राष्ट्रवाद स्वीकार गर्न सक्दैन । मजदुरका लागि राष्ट्रवाद केवल एउटा लक्ष्यसम्म जाने साधन मात्र हुनुपर्छ । आफैँमा साध्य हुनु हुँदैन । अम्बेडकर भारतका कम्युनिस्टलाई ‘बन्च अफ द ब्राह्मण ब्वायज’ भन्थे । उनी अफसोस गर्दै भन्थे– गरिब र मजदुरको मुक्तिको क्रान्तिकारी आन्दोलन भारतमा  (नेपालमा पनि) गलत मान्छेको हातमा गएर बर्बाद भयो । जहाँ मनुवादको जरा गहिरो छ, त्यहाँ आजसम्म अरू वाद फल्न फुल्न सकेन ।

अम्बेडकरलाई लोकतन्त्रमा विश्वास थियो । उनी संसदीय लोकतन्त्रको असफलता खराब विचारधाराभन्दा पनि खराब संगठनबाट हुन्छ भन्ने ठान्थे । राजनीतिक समाज शासक र शासितमा विभाजन हुनु नै दुर्भाग्य हो । शासक हमेसा शासक वर्गबाट मात्र आउने र शासित शासक बन्न नपाउने स्थितिको जिम्मेवार अम्बेडकर शासक जातिको मानसिकतालाई मान्थे ।

डा। अम्बेडकरको विचारमा कम्युनिस्ट घोषणापत्रको प्रभाव देख्न सकिन्छ । अम्बेडकर सर्वहारा वर्गलाई सबभन्दा पहिला राजनीतिक प्रभुत्व प्राप्त गर्न सुझाब दिन्थे । सोहनलाल शास्त्री आफ्नो पुस्तक ‘बाबासाहेबको सम्पर्कमा मेरो पच्चीस वर्ष’मा भन्छन्– भोलि कम्युनिस्ट भारतमा आफ्नो राज्यसत्ता स्थापित गर्छन् भने आफ्नो शासन चलाउन तीन चिज आवश्यक हुन्छ । पहिलो, प्रशासनका लागि मसिनरी सिभिल अधिकारी, दोस्रो सेना र तेस्रो श्रमिक मजदुर । उसले मौजुदा अधिकारी, सेना र श्रमिक मजदुरबाटै काम चलाउनुपर्छ । आजको दिनमा प्रशासन र सेना सवर्णको नियन्त्रणमा छन् । यिनीहरू अंग्रेजराजमा पनि सत्ता सम्पन्न थिए । कंग्रेसराजमा पनि छन् र भोलि कम्युनिस्टराजमा पनि हुनेछन् । दलित बहुजन मजदुर श्रमिक वर्गका लागि सत्ताको मार्ग देखिँदैन ।

(रजक अम्बेडकरी तथा बहुजन अध्येता हुन्, याे सामाग्रसी पत्रिकाबाट साभार गरिएको हो । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank