कान्छा उमेरका प्रमुख जिल्ला अधिकारी -सुरेश सुनार

दलित अनलाईन १५ फाल्गुन २०७५, बुधबार ११:०३

काठमाडाैं– जाजरकोटका दलित युवा २९ वर्षीय सुरेश सुनार प्रमुख जिल्ला अधिकारी (सिडिओ)बनेका छन् ।

सुनारलाई गत साता सरकारले बझाङको सिडिओ बनाएर पठाएको हो । सुनार यसअघि बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए । ६ वर्षअघि शाखा अधिकृतका रुपमा निजामति सेवामा प्रवेश गरेका उनले गत वर्ष लोकसेवा आयोगको परीक्षामा उपसचिवमा नाम निकालेका थिए । उपसचिव भएलगत्तै उनी बाँकेको सहायक प्रजिअ भए । सुनार नेपालकै सबैभन्दा कान्छा उमेरका प्रमुख जिल्ला अधिकारी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank