रुकुम घटनाले दर्शाएको मानसिक दरिद्रता

मीरा पोख्रेल १७ जेष्ठ २०७७, शनिबार १५:३६

सामाजिक संजाल, संसद, सडक अनि हरेक घरमा रुकुम पश्चिम चौरजहारीमा छ जनाको ज्यान जाने गरी भएको घटनाबारे निकै नै चर्चा, परिचर्चा र बहस चल्यो । जातीय छुवाछुत अन्त्य घोषणा गरिएको आधा शताब्दी नाघिसक्दा पनि अझैसम्म दलितमाथिको विभेद र अपराध रोकिएको छैन । हरेक वर्ष अन्तरजातीय विवाहकै कारण कसै न कसैको हत्या भइरहेको हुन्छ र यसैगरी सामाजिक संजाल, संसद अनि सडक फेरी तात्छन्न् अनि समयसँगै विस्तारै सेलाएर जान्छन् । तर छुवाछूतको जडोमन संस्कृतिमा हुँर्किएकाहरुको मनको छुवाछूत कहाँ सेलाएर जाने ? यो त केवल सबैको मानसपटलमा बसेको जातीय विभेद, सोंचको दरिद्रता अनि जातीवादले जगडेको नेपाली समाजको कुरुप सामाजिक दरिद्रता र छुवाछूतको कंलकृत तस्बिर हो ।
सामाजिक संजालमा प्रस्फुटित भएका तथाकथित उपल्लो जातका ब्यक्तिहरुको विचार देख्दा त म आज २१औँ शताब्दीमा छु भन्ने विश्वास नै लागिरहेको छैन । ती उपल्लो दर्जा पाएका अधिकांस व्यक्तिहरुले यो घटना केटा दलित भएर भन्ने स्वीकार नै गर्न खोज्दैनन् बरु अपहरण, बालबिवाह अनि अनेक तर्क दिएर यसको ढाकछोप गर्न अनि मूल मुद्दालाई बेवास्ता गर्न तल्लीन छन् । उनीहरुलाई थाहा नभएको होइन नवराज दलित भएकै कारण यो घटना भएको हो तर मष्तिकको अन्तरस्करणमा नमेटिने गरी खोपिएको जातीवादले अपराध पनि नदेख्ने गरी अन्धो बनाईदिएको छ । उनीहरु तर्क गर्छन , दक्षिण भारतीय चलचित्रमा देखाइएजस्तै अपहरण शैलीमा अल्लारे ठिटाहरुको जमात घरमा आउँदा, तपाइँकी छोरी भएकी भए चाहिँ के गर्नुहुन्थ्यो ? अरे परिवारलाई थाहा भएको सम्बन्ध थियो त्यसमाथि परिवारलाई पहिले नै थाहा थियो नवराज अनि टोली आउँदैछन भन्ने । पुलिस प्रशासनमा खबर गर्न सकिन्थ्यो, अपहरणको मुद्दा दायर गर्न सकिन्थ्यो, स्थानीय निकाएको सहयोग लिन सकिन्थ्यो, उनीहरुलाई अरु कुनै तरिकाले रोक्न सकिन्थ्यो तर त्यस्तो भएन । के यसको अन्तिम विकल्प हत्या नै थियो त ? यस्तो अमानवीय, क्रुर अनि निर्मम घटनालाई अनेक तर्क दिएर ढाकछोप गर्न खोज्ने सबै अपराधी हुन् । जातिवादले खोक्रो बानाएका पतीत जात हुन् अनि मानवको नाममा कलङ्क हुन् ।

के यसको अन्तिम विकल्प हत्या नै थियो त ? यस्तो अमानवीय, क्रुर अनि निर्मम घटनालाई अनेक तर्क दिएर ढाकछोप गर्न खोज्ने सबै अपराधी हुन् । जातिवादले खोक्रो बानाएका पतीत जात हुन् अनि मानवको नाममा कलङ्क हुन् ।

अर्कोथरी एउटा हुल छ जसले निर्लज्ज रुपमा तर्क दिइरहको हुन्छ, म बाहुनको छोरा हुँ। जबसम्म जातको आधारमा नभई वर्गको आधारमा आरक्षण कोटा खोलिदैन तबसम्म म छुवाछुत मान्छुु । यस्ता अहमले भरिएका अनि बेतुकका विचार राख्ने महानुभावहरुलाई म अनुरोध गर्दछु पहिला आफ्नो देशको भूगोल, इतिहास अनि समाज बुझ्ने चेष्टा गर्नुहोला । नेपालमा व्यवहारमा रहेको जातीवादी ब्यवस्था अनि समाजको संरचनाले गर्दा दलितहरु पिछडिएका हुन् । उनीहरुलाई पनि अवसर दिएर मुलधारमा ल्याउनका लागि आरक्षण दिईएको हो । आरक्षण दिइएको छ भन्दैमा छुवाछुतलाई प्रश्रय दिने अधिकार कसैलाई पनि छैन । त्यसो त आरक्षण महिलालाई पनि छ । के अब महिलालाई पनि छुवाछुत गर्ने त ?
एकथरी अर्को जमात छ जसले प्रश्न गर्छ, उनीहरु ९दलितहरु० बीच नै छुवाछुत छ, हामीले गर्दा चाहिँ यस्तो बखेडा ? हो, समस्या छ । उदाहरणको लागि कसैले मान्छे मा¥यो भन्दैमा मैले पनि मान्छे मार्न पाउनुपर्ने ? के मान्छे मार्नु नै गलत होइन र ? उसले मान्छे मा¥यो त्यसैले मैले पनि मान्छे मार्न पाउनुपर्छ भन्ने कस्तो वाहियात समानताको बहस गर्दैछौ हामी ?
चौरजहारीको घटनाले फेरि पनि देखाइदिएको छ बाहिर जति ठूला ठूला कुरा गरेपनि, ब्यवस्था गणतंन्त्र नै आएपनि सबै जनताको समान हकहित स्थापना गर्न अनेकौँ क्रान्ति गरिएपनि हाम्रो मनस्थिति भने जहीँको तहीँ रहेछ । समयको गतिशीलताले पुस्ता फे¥यो , ब्यवस्था फे¥यो तर मानसिकता भने फेर्न सकेन। जबसम्म जातीवादको खिललाई हामी निकाल्न सक्दैनौं तबसम्म जति नै घन्काए पनि सुखी नेपाली र सम्बृद्ध नेपालको नारा केवल नारामा मात्र सिमित रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank