महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा छ : प्रधानमन्त्री प्रचण्ड

दलित अनलाईन २७ मंसिर २०८०, बुधबार १८:४७

काठमाडौँ —प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिटै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा व्यक्त गरेका छन् । काभ्रेको पाँचखालमा प्रथम महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले उक्त इच्छा व्यक्त गरेका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला भएर राम्रो कामको सुरुवात गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले अब छिट्टै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा व्यक्त गरेका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राष्ट्रपति महिला, प्रधानन्यायाधीश महिला, सभामुख महिला भएर राम्रो कामको सुरुवात भएको छ’, उनले भने, ‘अब एउटा बाँकी छ प्रधानमन्त्री महिला । मेरो इच्छा छ छिट्टै महिला प्रधानमन्त्री होस् ।’

योपटक सुशासन, सामाजिक न्याय र समृद्धिको नारा दिएर सरकार अगाडि बढेको दाबी गर्दै उनले भ्रष्टाचारको केस लाग्ने ९९ प्रतिशत पुरुष भएको तर महिला नभएको जिकिर गरे । सुशासनको पक्ष र सामाजिक न्यायको पक्षमा महिला भूमिका राम्रो भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank