दितिया हत्या प्रकरण : महान्याधिवक्ता दिपेन्द्र झाले भने, ‘यो शून्य सहनशीलताबाट काम हुन्छ ’

दलित अनलाईन ११ फाल्गुन २०७५, शनिबार ००:५४

जनकपुर– ९ वर्षीय बालिका रेश्मा भनेर चिनिने दितिया रसाईली हत्यालाई आफुले निकै गम्भिर रुपले लिएको भन्दै प्रदेश दुईका महान्याधिवक्ता दिपेन्द्र झाले अनुसन्धानलाई थप बलियो बनाउने बताएका छन् ।
शुक्रबार काठमाडौंबाट दितिया रसाईली हत्या प्रकारणबारे सत्य तथ्य खोजविन टोलीसँग महान्याधिवक्ता कार्यालयमा मुख्य महान्याधिव्यक्ता झाले दलित बालिकको क्रुर तथा वीभत्स हत्यालाई आफुले निकै गम्भिर रुपले लिएको भन्दै थप अनुसन्धानका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताएका हुन् । महान्याधिव्यक्ता झाले दितिया को हत्यारा पक्राउ परेको भन्दै सरकारी वलिकबाट घटनाको सत्यतथ्य अनुसन्धानलाई थप बलियो बनाउने गरी शून्य सहनशीलताबाट सुरुवात गर्ने गरी काम गर्न सरकारी वकिल शान्ता बराललाई भेटघाटकै क्रममा निर्देशन दिए ।‘यो शून्य सहनशीलताबाट काम हुन्छ,उनले भने ,‘तपाईहरु ढुक्क हुनुहोस्,घटनामा संग्लनता भएकाहरुलाई हामी छोड्दैनौं ।’
अनुसन्धानमा केही कमीकमजोरी देखिए आफुले थप अनुसन्धासन गर्ने महान्याधिव्यक्ता झाले बताए ।
बालिकाको हत्याको घटनालाई आफुले सुरुबाटै हेरेको भन्दै हत्यारालाई पक्राउ गर्नुको साथै थप अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर खनालले बताए । घटनाको मुख्य अभियुक्तलाई तत्कालै पक्राउ गर्न आफुहरु सफल भएको दावी गर्दै सबै कोणबाट थप अनुसन्धान गरिरहेको खनालले बताए । ‘हामीहरुले बालिकको हत्यारालाई तत्कालै पक्राउ गरेका छौं, हाम्रो अनुसन्धानलाई सबैले विश्वास गर्ने गरी हामी काम गछौं,उनले भने,‘तपाईहरुले गरेको शंकामा पनि हाम्रो अनुसन्धान भइरहेको छ ।’


सत्य तथ्य खोजविन टोलीसँग खनालले लामो कुराकानी गर्दै घटनाको स्थलगत रिपोर्टका आधार र टोलीले दिएको सुझावको आधारमा आफुले थप फेरी अनुसन्धान गर्ने समेत जानकारी दिए ।

घटना स्थलको प्रकृति हेर्दा उखुबारी पुरै जल्नुपर्ने तर उक्त शव राखेको ठाउँमा मात्रै जल्नुले नै घटनामा थप रहस्य निम्त्याएको सत्य तथ्य खोजविन टोलीका संयोजक जितेन्द्र पासवानले बताए । एक्लै लागूपदार्थ र रक्सीको नशामा मात्तिएको अभियुक्तले एक कि.मी. टाढा एकान्त ठाउँमा लैजान संम्भव नभएको भन्दै संयोजक पासवानले उक्त घटनामा अन्य अपराधीक व्यक्तिहरुको संग्लनता हुन सक्ने आशंका व्यक्त गरे । ‘हामीले स्थलगत रुपमा अनुगमन गरेका छौं, धेरै कुराहरु अनुगमनबाट पत्ता लागेको छ, उनले भने,‘ केही दिनमा हामी विस्तृत प्रतिवेदन सार्वजनिक गर्छाैं ।’


काठमाडौबाट बुधबार घटनास्थल आइपुगेका उक्त टोलीले विहिबारबाट घटनाको स्थलगत निरीक्षण गर्नुसाथै विभिन्न सरोकारवाला निकायसँग घटनाको विषयमा छलफल गरेको थियो । उक्त टोलीले घटनाका सबै पक्षलाई सुक्ष्म ढंगबाट अनुगमन तथा अवलोकन गरी काठमाडौं पुगेर घटनाको यर्थाथ विवरणलाई प्रतिवेदन सार्वजनिक गर्ने छ ।
उक्त सत्य तथ्य खोजविन टोली दलित गैरसरकारी संस्था महासंघ जितेन्द्र पासवानको नेतृत्वमा मानव अधिकारकर्मी चेत नारायण रसाईली ,अधिकारकर्मीद्धय विन्दु परियार ,गोपाल नेपाली ,सर्मिला महरा ,संजय महरा र सञ्चारकर्मी अशोक दर्नाल टोली घटनास्थलमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank