दलित बालिकाको बलात्कारपछि हत्या गरेर शव जलाउने अभियुक्त पक्राउ

दलित अनलाईन ७ फाल्गुन २०७५, मंगलवार २३:११

मौसम हेरेर सडक निस्किने दलित अधिकारकर्मीहरु

 

 

काठमाडाैं – ११ वर्षीया बालिका रेश्मा  भनेर चिनिने दितिया रसाइलीकाे बलात्कारपछि हत्या गरेर शव जलाउने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

गत फागुन २ गते मिथिला नगरपालिका–३ हरीहरपुर, मगर टोलमा मौले कामीको उखुबारीमा नग्न अवस्थामा आधा जलेको बालिकाको शव फेला परेको थियो । त्यो शव स्थानीय देवनारायण रसाइलीकी बोल्न नसक्ने छोरी रेश्मा भनिने दुतिया रसाइलीको रहेको पहिचान परिवारका सदस्यले गरेका थिए ।

रसाइलीको फागुन १ गते राति नै बलात्कारपछि हत्या गरी शव जलाएको अभियोगमा प्रहरीले बटेश्वर–४ बैगाली टोल निवासी २२ वर्षीय निरज जर्गा मगरलाई पक्राउ गरेको छ ।

मगरलाई जिल्ला प्रहरी कार्यालय धनुषामा मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । मगरले बोल्न नसक्ने रेश्मालाई फ्रुटी र चाउचाउको लोभ देखाई फाकाएर उखुबारीमा बलात्कारपछि निर्मम हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

उनले घटना लुकाउनका लागि शव जलाउने प्रयास गरेको प्रहरी उपरीक्षक शेखर खनालले बताए । फागुन १ गते राति इन्द्र थापा मगरकी छोरी मन्दिराको बिहेभोजमा नाच्दै गरेकी रेश्मालाई त्यहीँबाट फकाएर लगेका निरजले बलात्कारपछि हत्या गरेका थिए ।

बिहेबाट बालिकालाई फकाएर लगे, हत्यापछि बिहेमै फर्किए

गत बुधबार मगरको मामाघर मिथिला(३ मा इन्द्रबुर्जा मगरको छोरीको विवाह भोज राखिएको थियो । भोजमा मृतक बालिका पनि सहभागी थिइन् । भोज पश्चातको नाचगानमा सहभागीहरु सरिक भए ।

त्यसबीच त्यहाँ बिजुलीको लाइन काटिन्छ र किशोर(किशोरीबाहेक अधिकांश तितरवितर हुन्छन् । केही घरतिर लाग्छन् । त्यही मौका पारेर रक्सी, लागूऔषध ट्याबलेट र गाँजासमेत सेवन गरेका अभियुक्त मगरले रसाइलीमाथि नजर लाउँछन् ।

उनले नजिकैको किराना पसलमा चाउचाउ र फ्रुटी पनि किनिदिन्छन् । त्यसपछि फकाएर खोलाको बाटो हुँदै उत्तरतर्फ करिब दुई सय मिटर उत्तरपश्चिमतिर रहेको उखुबारीमा लैजान्छन् ।

अनुसन्धान अधिकारीहरुका अनुसार त्यहीँ मगरले बालिकाको जबरजस्ती करणी गर्छन् । र, पोल खुल्ने डरले घाँटी थिचेर हत्या गर्छन् । त्यतिले मात्रै उनी आफूलाई सुरक्षित महसुस गर्दैनन्, शवमाथि उखुको सुकेको पात, बालिकाको कपडा र चप्पल राखेर आगो लगाउँछन् ।

आगो लाग्न थालेपछि उनी त्यहाँबाट निस्किएर पुनः विवाह घरमा गएर नाचगानमा सरिक हुन्छन् । र, मामा घरमा गएर सुत्छन् । भोलिपल्ट बिहान हत्याको हल्लाखल्ला भएपछि उनी आफैं हेर्न जान्छन् । त्यसपछि मामाघर फर्किए, अनि गाउँबाट भागे ।

मौसम हेरेर सडक निस्किने दलित अधिकारकर्मीहरु

फागुन १ गते ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेर शव जल्यो । प्रहरी र मिडियामा बालिकाको वीभत्स हत्या भएको समाचारहरु छाइरहँदा दलित समुदायका कुनै सरोकारवाला निकायहरुले न कुनै विज्ञप्ती निकाले न त घोर विरोध जनाएर सडकमै देखिए । न त दोषीलाई तत्काल पक्राउ गर्नुपर्छ भनेर दवाव नै दिए र न त कुनै दलित नेता र दलित सांसद नै संसदमा बोले । वा कुनै सामाजिक संञ्जालमा नै बालिकाको हत्या बारे एक शब्द खर्चिए । घटना भएको ६ दिन वित्दै गर्दा उता जिल्ला प्रहरी कार्यालय धनुषाले बालिकाको हत्यारालाई पक्राउ गरी सार्वजनिक गरेपछि दलित अधिकारकर्मीहरु बल्लतल्ल माइतीघर मण्डलामा पुगेर बालिकाको हत्यारालाई कारबाहीको माग गर्दै तत्काल पक्राउ गर्नुपर्ने आदेश दिए । यतिसम्म कि बालिकाको हत्यारालाई पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गदै गर्दा माइतघरमा पुगेका एक दलित अधिकारकर्मीले नाम नखोल्ने सर्तमा भने ,‘दलितको पक्षमा काम गर्न गाह्रो भएर विरोध गर्न सडकमा निस्किएको बताए ।

ढिलै भए पनि सडकमा निस्किएका दलित अधिकारकर्मीहरु घटना भएको ६ दिन वित्दा समेत कहाँ थिए होला ? मौसम हेरेर सडक निस्किने दलित अधिकारकर्मीहरु सडक र सांसदमा एक साथ उत्रिन किन सक्दैनन् ? बालिकाको हत्यारा पक्राउ गरेर प्रहरीले कारबाही प्रक्रिया अगाडी बढाउदै गर्दा दलित समुदायको पक्षमा काम गर्ने सरोकारवालाहरु आजको दिनजस्तै माइतीघर मण्डलामा भोली जम्मा होलान् कि नहोलान् ?

याे पनि

दलित बालिकाको बलात्कारपछि बीभत्स हत्या

घर जलायो दैवले, छोरी जलाए पापीले

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank