राजधानीमा २ सय ५ औं भानुजयन्ती मनाउँदा देखिएका ९ तस्विर

दलित अनलाईन २९ असार २०७५, शुक्रबार १५:२५

काठमाडौं, २९ असार– प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार बिहानको कार्यक्रम अलि फरक थियो । आयोजक पनि अलि फरक । आदिकवि भानुभक्तआचार्य २०५ औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री पुग्नु भएको थियो प्रज्ञा भवन कामलादी ।

सो अवसरमा भानुभक्त प्रतिष्ठानका सदस्यहरुले भानुभक्तको सम्झनाका लागि प्रतिष्ठान निर्माण गर्न जग्गा जमिन नभएको गुृनासो गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्रीले यस बिषयमा आफुले सोचेर मन्त्रिपरिषदबाट निर्णय गराउने आश्वासन दिनुभएको थियो । सो अवसरमा आयोजकले प्रधानमन्त्रीलाई बृखे टोपी लगाई दिएका थिए भने रामायाण उपहार दिएका थिए । जुन टोपी भानुभक्तले लगाउँथे भने रामयाण नेपालीमा अनुवाद गरेका थिए ।

कार्यक्रलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताउनुभयो

प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधराण र कालजयी रहेको बताउनुभयो। “भानुभक्तले साहित्य मार्फत समाज सुधारका लागि ठुलो योगदान गर्नु भएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना,शैली र प्रवृतिको आफ्नै महत्व रहेको बताउनएको छ । प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण गर्नुभएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank